आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई एमालेको चेतावनी

२१ मंसिर, काठमाडौ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गर्दै उसले सहजीकरण गरेको परिमार्जित संविधान संशोधन विधेयकलाई कुनै प िन हालतमा संसद्मा अघि बढ्न नदिने अडान एमालेले लिएको छ ।

सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावको सुरुदेखि नै चर्को विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले कुनै हालतमा त्यसलाई अघि बढ्न नदिने अडान लिएको हो । संशोधन प्रस्तावविरुद्ध भइरहेको आन्दोलनलाई अझ सशक्त पारेर अघि बढ्ने निर्णय गर्दै उसले नेपालको आन्तरिक मामिलामा चलखेल नगर्न छिमेकी भारतलाई चेतावनी समेत दिएको छ ।

Loading...
एमालेले उक्त विधेयकविरुद्ध सदन तथा सडकमा जारी आन्दोलनलाई निरन्तरता दिँदै यसविरुद्ध रहेका सबै राजनीतिक दल र संघसंगठनलाई केन्द्र र स्थानीय निकायमा समेत एकताबद्ध बनाउँदै सशक्त पार्ने निर्णय गरेको छ । ‘हामी कुनै पनि हालतमा संसद् चल्न दिँदैनौं ।’

‘सरकारले चुनाव घोषणा गर्न सक्छ तर त्यसको सर्तमा संविधान संशोधन गर्न सक्दैन’, आफ्नै निवास बालकोटमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिँदै भने, ‘संशोधन प्रस्तावविरुद्ध जारी आन्दोलनलाई सशक्त पारेर अगाडि बढाउनुस् ।” आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।