देवरले गोली हानेर भाउजूको हत्या गरे

दाङ : गोली प्रहार गरी आइतबार साँझ दाङमा एक महिलाको हत्या भएको छ ।

Loading...
दाङको त्रिपुर–३ निवासी विक्रम थापाले आफ्नै भाउजू पूर्णा थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताव सिंहले जानकारी दिए ।

साँझ ५ः३० बजेको समयमा उनको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त थापा फरार रहेकाले खोजी कार्य जारी रहेको उनको भनाइ छ । रासस