साउदी अरबमा ईतिहासकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता सम्पन्न

सुरेशराज त्रिपाठी - रियाद, मुस्लिम समुदायको महान पर्व इद अल फितरको उपलक्ष्यमा रियाद लांघाली स्पोर्ट ग्रुपद्वारा आयोजित साउदीअरब स्तरिय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता ०५ जुलाई २०१६ साँझ देखी सुरु भएर ०७ जुलाई २०१६ साँझ समापन भएको थियो । 

भलिबल प्रतियोगिताको उद्घाटन (खेलको सुरुवात) कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबास, रियादका कार्यबाहक राजदुत श्री आनन्द प्रसाद शर्मा ज्यु र  कार्यक्रमका सभापति तथा संयोजक, रियाद लांघाली स्पोर्ट ग्रुपका अध्यक्ष श्री दिपक रेग्मी ज्युबाट भएको थियो ।  

खेल खेल्न र हेर्न धेरै टाढा टाढा देखी खेलाडि तथा दर्शकहरु ( लगभग ५,००० माथि नेपाली दाजुभाइहरुको उपस्थिती रहेको थियो )  आएका थिए भने नेपाली राजदुताबास परिवार रियादको पनि उपस्थिती रहेको थियो र उक्त खेलमा जम्मा ४४ वटा टिमहरुको सहभागीता रहेको थियो । 

साउदी अरबमा रहेका बिभिन्न नेपाली संघ संस्था, समुदायहरुको आयोजनामा प्राय: भलिबल प्रतियोगिता भैरहने भए पनि यो प्रतियोगिता भने साउदीअरबको ईतिहासमै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता थियो । साउदीअरबमा नेपालीहरुले आयोजना गरेको भलिबल प्रतियोगितमा एकै पटक यती धेरै दर्सकहरुको उपस्थिती र यती धेरै टिमहरुको सहभागीता भएको पहिलो रेकर्ड हो । 

एकदमै प्रतिस्पर्धात्मक यस खेल निकै नै रोमान्चकारी भएको थियो भने खेलको अन्तिमसम्म पनि दर्शकहरु भोक, प्यास, निन्द्रा, घाम केही नभनी एकदमै उमङ्गका साथ हुटिङ गर्दै गेमको मज्जा लिरहेका देखिन्थे र खेलाडीहरु पनि अती नै उत्साहित र जोशका साथ गेममा भिडिरहेका देखिन्थे । 

भलिबल प्रतियोगिताको प्रथम उपाधी दम्माम स्पोर्टस क्लबले हात पार्न सफल भएको थियो भने दोस्रो उपाधी मेची महाकाली टिमले हात पारेको थियो र तेस्रो उपाधी पश्चिमान्चल टिमले हात पारेको थियो । आयोजक रियाद लांघाली स्पोर्ट ग्रुपद्वारा प्रथम हुने टिमलाई रु. ८७,००० , कप , मेडल र प्रमाणपत्र,  दोस्रो हुने टिमलाई रु. ५८,००० , कप, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु. २९,००० , कप, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।