डा. गोविन्द केसीलाई स्लाइन पनि नदिएर अमानवीय कार्य गर्‍यो शिक्षण अस्पतालले

काठमाण्डु, २९ असार– चार दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै जाँदा त्रिवि शिक्षण अस्पताल प्रशासनले उपचारमा बेवास्ता गरिरहेको छ ।

केसीलाई अस्पतालमा अनशन बस्न नदिने योजना विफल भएपछि प्रशासनले नियोजित रुपमा उपचारमा आलटाल गरेको हो ।

अनशनको तेस्रो दिन मंगलबार केसीलाई जलवियोजन, छातीको दुखाई र मांसपेशी बाउँडिने समस्या देखिएको छ । श्वासप्रश्वास र मुटुको धड्कन पनि बढेको छ । अवस्था बिग्रिदै गएपछि सहयोगीले केसीको रगत जाँच र स्लाईन दिने खोल्न नर्सलाई आग्रह गरे । 

तर प्रशासनले कुने हालतमा उपचारमा नसघाउन कडा निर्देशन जारी गरेको भन्दै उनीहरु जान मानेनन् । 
- नागरिक दैनिक