कर छल्ने मेसी र उनका पितालाई २० लाख यूरो जरीवाना र २१ महिना जेल !

काठमाण्डौ । अर्जेन्टिनाका चर्चित फूटबलर लियोनल मेसी संकटमा फसेका छन् । ट्याक्स छलीको विषयमा उनीमाथि २० लाख यूरोभन्दा बढी जरीवाना तिराइएको छ । साथै, उनलाई २१ महिनाको जेल सजाय समेत सुनाइएको छ । मेसीको साथमा उनका पिता समेत ट्याक्स छलीको अपराधमा दोषी ठहर भएका छन् । पितालाई समेत २१ महिनाको जेल सजाय तोकिएको छ । 

कर छलीको बिषयमा यो फैसला स्पेनको एक अदालतले गरेको हो । मेसी लामो समयसम्म स्पेनको बार्सिलोना क्लबबाट फुटबल खेल्थे । उनीमाथि ट्याक्स छलीको विभिन्न ३ मुद्धा विचाराधीन थिए, जसमा उनी दोषी ठहर भएका हुन् । 

कर छलीको बिषयमा अदालतलाई बयान दिंदै मेसीले भनेका छन् कि उनलाई फाइनान्सियल मेनेजमेन्टको बिषयमा कुनै ज्ञान थिएन, कारण उनी फुटबल खेलमै व्यस्त थिए । 

मेसीका  पिता जर्ज मेसीले समेत सन् २००७ देखि २००९ सम्मको अवधिमा करिब ४१ लाख यूरो कर छली गरेको अदालतले पुष्टि गरेको छ । उनले समेत उरुग्वे र बेलिज देशमा इमेज राइटको कामबाट कुस्त कमाएका थिए । यो बिषयमा उनको तर्फबाट अदालतलाई कुनै जानकारी नदिइएको आरोप छ ।

तर  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मेसी र उनका पिता तत्काल जेल जानबाट भने जोगिन सक्नेछन् । स्पेनको नियम अनुसार २ वर्ष भन्दा तलको जेल सजाय तोकिएका व्यक्तिहरुले जेल जानुपर्ने संभावना कम हुन्छ ।

अर्जेन्टिनाका स्टार फूटबलर मेसीले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । यो फैसला उनले अचानक लिएका थिए, जब कोपा अमेरिका कपमा उनले आफ्नो टिमका लागि पेनाल्टी सुट मिस गरेका थिए । मेसीलाई रियो ओलम्पिकका लागि छनौट गरिएको राष्ट्रिय फुटबल टिममा समेत सहभागी गराइएको थिएन, यसबाट समेत उनी निराश थिए । 
- बिजशाला डट कम