सशांकलाई बचाउने को हुन् डा सुपात्रा ? जसले नेपालको शान बढाइन्

काठमाडौं, २४ असार । गम्भीर विरामी परेका नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले मृत्युलाई जितेका छन् ।

विरोमी परेपछि गत मंगलबार साँझ अस्पताल ओम अस्पताल भर्ना भएका शशांकलाई बुधबार विहानै आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरियो । त्यो दिन उनको अवस्था गम्भीर तर स्थीर भनेर चिकित्सकहरुले बताए ।

चिकित्सकले नै गम्भीर भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका अन्य नेताहरुले भारतको दिल्ली लैजाने निर्णय गरे । स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपचार कुनै कमजोरी नगर्न निर्देशन दिए ।

तर, भारत लैजाने कांग्रेसको नेताहरुको निर्णय र दबाब एक चिकित्सकका कारण रोकियो । उनको नाम हो डा सुपात्रा भाटिया । उनी नाताले शशांककै श्रीमती पर्छिन् । उनी ओम अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् । आफ्ना पतिको उपचारमा उनी पनि लागेकी थिइन् । अवस्था गम्भीर भएपनि उनकै अडानका कारण शशांकलाई उपचारका लागि भारत लगिएन ।

र नेपालमै गम्भीर विरामीको पनि सफल उपचार हुनसक्छ भनेर प्रमाणित उनकै कारण भयो । यसले उपचारमा समेत भारतमा आश्रीत नेपालको शान बढायो । हुन त नेताहरु सानो उपचार गर्न पनि विदेश जाने गर्छन् । भर्खरैमात्र कांग्रेस सभापति देउवाकी श्रीमती आरजुले दिल्लीकै अस्पतालमा उपचार गराएकी थिइन् । यस्तो बेलामा नेपालका अस्पताल र डाक्टर पनि जस्तोसुकै गम्भीर विरामीको पनि उपचार गर्नसक्छन् भन्ने पुष्टि उनको अडानका कारण भयो । उनकै कारण आज नेता शशांक कोइरालाको स्वदेशमै सफल उपचार भयो ।

को हुन डा. सुपात्रा ?

पति शशांक कोइराला राजनीतिको केन्द्रमा चर्चित भएपनि सुपात्रा भाटिया भने गुमनाम छिन् । भारतीय बुबा र थाइ आमाकी छोरी सुपात्रालाई थोरैले मात्र चिन्छन् । गुगल तथा अन्य सञ्जालमा उनको तस्बिरसमेत भेटाउन मुस्किल पर्दछ । शशांक जन्मजात रुपमा परिचित छन् । किनकि उनी नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता विश्वेश्वर कोइराला (विपी) का छोरा हुन् ।

तर, शशांक गम्भीर विरामी हुँदा सुपात्रा अहिले चर्चामा आइन् । कारण उनको दृढता, आत्मविश्वास नै हो । भारतीय मुलकी सुपात्राले गम्भीर रहेका श्रीमानको नेपालमै सफल उपचार गरेर नेपालको साख जोगाइन् भने नेपाली चिकित्सा क्षेत्रलाई प्रमाणित गरेर देखाइन् ।

शशांकसँग कसरी भयो विहे ?

पिता विपी कोइरालाको प्रधानमन्त्री भएर जेलयात्रा शुरु हुँदा शशांक दुई वर्षका थिए । त्यसपछि विपी निर्वासनमा भारत गए । सँगै शशांकलाई लिएर गए । त्यही उनको बाल्यकाल वित्यो । त्यही उनले उच्च शिक्षा हासिल गरे । र चिकित्साशास्त्र पढ्न थाले । 

त्यही क्रममा सुपात्राको शशांकसँग त्यही कलेजमा भेट भयो । एमविविएस पढ्दै गर्दा दुबै जना नजिकिएका थिए । गहिरो प्रेममा परेका दुबै जनाले विवाह गरे । विवाहपछि थप विशेषज्ञता हाशिल गर्दै सुपात्रा स्त्रीरोग विशेषज्ञ भइन् भने शशांक आंखा रोग विशेषज्ञ भए ।
- दैनिक नेपाल