कांग्रेस बैठकमा केपी ओलीको पोल खुलेपछि…

काठमाण्डौ, ४ साउन – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा संदिमा दर्ता भएको अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका लागि संवैधानिक अन्यौलताका विषयमा छलफल भयो ।

बैठकअघि रामचन्द्र पौडेल पक्षले माओवादी केन्द्रसँग भएको सहमतिलाई लिएर असन्तुष्टी राख्ने सम्भावना छ भन्दै चर्चा गरिएजस्तो केही भएन । उल्टै केन्द्रीय सदस्यले नयाँ सरकार गठनका लागि संविधानमा कुनै अन्यौलता नरहेको र विवाद नहुने निस्कर्ष निकाल्दै एकभएर लाग्ने बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चर्चा भयो । सभापति शेरबहादुर देउवाले सोमबार ओलीसँग बालुवाटारमा भएको छलफलबारे कुरा राखेपछि नेताहरु रामचन्द्र पौडेल, प्रकाशमानसिंह, कृष्ण सिटौला लगायतका नेताले ओलीले आफूहरुलाई भेट्न बोलाएको बताए ।

उनीहरुले छलफल गर्नका लागि प्रधानमन्त्रीले एक्लाएक्लै भेट्न बोलाएको बताएपछि देउवाले ओलीले बोलाएपनि एक्लाएक्लै भेट्न नजान निर्देशन दिएका थिए ।

यसअघि ओलीले देउवा र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए ।
- काठमाण्डु टुडे