आयोजक फ्रान्सलाई हराउँदै पोर्तुगल बन्यो यूरोकप च्याम्पियन

काठमाण्डु, २७ असार – पेरिसमा खेलिएको युरोकपको रोमाञ्चक फाइनलमा आयोजक फ्रान्सलाई ०–१ ले पराजित गर्दै पोर्तुगलले उपाधि जितेको छ । 

यो जितसँगै हालसम्मकै सबैभन्दा ठूलो उपाधि पोर्चुगलले प्राप्त गरेको हो । फ्रान्स भने तेस्रो पटक उपाधि उचाल्नबाट चुक्यो ।

निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन सकेन । अतिरिक्त ३० मिनेको पहिलो १५ मिनेट पनि गोलरहित भयो । अन्तिम १५ मिनेटको खेलमा पोर्चुगलले गोल गर्यो । 

११० औ मिनेटमा पोर्चुगलका इडरले २५ मिटरको दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलका अन्तिमसम्म पनि फ्रान्सले खेल बराबरीमा फर्काउने प्रयत्न गर्यो । तर सकेन । आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा डटेको पोर्चुगलले जीत आफ्नो नाममा दर्ता गर्यो । 

किनभने खेलको सुरुवातमै फ्रान्सका मिडफिल्डर दिमित्री पेयेटसँग ठोक्किएर रोनाल्डो घाइते भएर मैदानबाहिर गएका थिए ।
- काठमाण्डु टुडे