पोर्तुगलमा बृहत् महिला भेलामा उपस्थितिको लागि हार्दिक अनुरोध

लिस्वोन- यहि आउदो जुलाई ३१ तारिख आईतबारका दिन पोर्तुगलमा अबस्थित नेपाली महिलाहरुको साझा संगठन नेपाली नारी समाज पोर्तुगलले प्रथम अधिवेशन, नजिकिदै गरेको नेपाली महिलाहरुको 
महान पर्व हरितालिका तिज कार्यक्रम र वेरोजगारी समस्यालाई न्यूनीकरण 
गर्नको लागि विविध तालिम संचालनसम्बन्धि विविध 
विषयमा छलफलका लागि बृहत् महिला भेला 
आयोजना गरिएकोले सम्पुर्ण दिदीबहिनीहरुलाई सो कार्यक्रमा उपस्थितिको लागि 
हार्दिक अनुरोध गर्दछौ । सो कार्यक्रमलाई सफल पार्नका लागि तपाई पोर्तुगलवासी नेपाली 
दाजुभाई तथा दिदीबहिनीहरुको साथ, सहयोग र सल्लाह सुझावको समेत नेपाली नारी समाज 
पोर्तुगल अपेक्षा राख्दछ ।


मिति : ३१ जुलाई २०१६, आईतबार
समय : दिनको ३.३० बजे
स्थान : Cnai नजिकैको Restaurant Everest Nepal.