एमालेमा नयाँ द्वन्द : बहुमत नेता ओलीको राजिनामाको पक्षमा

काठमाडौं, ३० असार । सरकारलाई दिएको समर्थन प्रमुख साझेदार नेकपा माओवादी केन्द्रले फिर्ता लिइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविस्वासको प्रस्ताव फेस गर्ने भनेपछि उनको पार्टी नेकपा एमालेकै नेताहरु उनले राजिनामा गर्नुपर्ने पक्षमा उभिएका छन् ।

माओवादी केन्द्रसँग भएको भद्र सहमति र ९ नौं बुँदे सहमति पालना नगरेको भन्दै सरकारलाई गरेको समर्थन फिर्ता लिएपछि आक्रोशित ओलीले एमालेका आफु निकट नेताहरुसँग संसद विघटनको समेत राय लिएका ओलीले नेपाली कांग्रेसका सभापति तथा अर्का नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न तयार भए एमालेको समर्थन रहने भन्दै प्रस्ताव गरिसकेका छन् ।

माओवादी केन्द्रसँग भएको भद्र सहमति पालना नगरेको र बाम गठबन्धनलाई जोगाउन भन्दा भत्काउन ओली तल्लिन रहेको भन्दै एमालेका उपाध्यक्ष वामदेव गौतमले यसअघि नै ओलीको आलोचना गरिसकेका छन् । अल्पमतमा परिसकेको र बहुमत पुग्ने सम्भावना पनि नभएको अवस्थामा सहज राजनीतिक निकासका लागी राजिनामा गर्न सुझाउनेमा उपाध्यक्ष वामदेव गौतम, पूर्व अध्यक्ष एवं वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपमहासचिव घनश्याम भूषाल र योगेश भट्टराई लगायत छन् ।

औली पक्षकै नेताहरु समेत अनावश्यक द्वान्दमा जान नहुने भन्न थालेपछि स्थायी समितिमा ओली स्पष्ट अल्पमतमा परेका कारण उनले स्थायी समितिको बैठक समेत बोलाएका छैनन् । नैतिकताको राजनीति नगरे एमालेले भोली जनताकाबिच जान अप्ठ्यारो हुने बताउँदै ओलीमाथि एकपछि अर्का नेताहरुले दबाव दिन थालेपछि ओली अर्को समस्यामा फसेको एमाले स्रोत बताउँछ ।
- खबरडबली