आङकाजी शेर्पाद्वारा संघिय समाजवादी फोरम परित्याग

काठमाडौं , ११ साउन । आङकाजी शेर्पाले संघीय समाजवादी फोरम परित्याग गरेका छन् ।  

उनले पार्टी अध्यक्षलाई संवोधन गर्दै संघिय समाजवादी फोरमको केन्द्रीय सदस्य, नेफेसो केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशिल सदस्यबाट पनि राजिनामा दिएको बताएका छन् ।

उनले पाटीमा नश्लबादी प्रवृति हावी भएको आरोप लगाएका छन् उनले भनेका छन् , ‘पार्टी जिम्मेवारी वहन भन्दा व्यक्तिगत स्वार्थ दोहन गर्ने र पहिचानको आन्दोलनमा अहोरात्र लाग्नेलाई भन्दा ठूलाठूला नेताका घरघरमा धाउनेहरुलाई बढी अवसर दिइएको र समावेशी प्रतिनिधित्वमा नातावाद र नश्लवाद हावी भएकाले पार्टी परित्याग गरेको हुँ । ’

शेर्पाले वर्गीय उत्पीडनमा परेकाहरुको मुक्तीका लागि शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।