सत्ता समीकरणमा कुन दल कता ? (सूचीसहित)

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध माओवादी र कांग्रेसले संसदमा पेस गरेको अविश्वास प्रस्तावमाथि आइतबार हुने मतदानमा हालसम्मको समीकरण हेर्दा कम्तीमा ३ सय ६२ सांसद समर्थनमा उभिने भएका छन् ।

विश्वासको मत जुटाउन सरकारलाई २ सय ९८ मत आवश्यक पर्ने भएपनि २ सय १९ मात्रै जुटेकाले खुल्न बाँकी सबै मत जोडता आवश्यक मतका लागि प्रष्ट अन्तर देखिएको छ ।

अविश्वासको प्रस्तावको पक्षमा

कांग्रेस २०७
माओवादी केन्द्र ८२
संघीय समाजवादी फोरम १५
फोरम लोकतान्त्रिक १४
राप्रपा १२
तमलोपा ११
सद्भावना ६ (एक निलम्बित)
रामसपा ३
तमसपा ३
नेकपा संयुक्त ३
समाजवादी जनता पार्टी १
फोरम गणतान्त्रिक १
थरुहट गणतान्त्रिक १
नेपाल जनता दल १
नेपाः राष्ट्रिय पार्टी १
नेपाल सद्भावना पार्टी १

जम्मा ३६२

विपक्षमा 

एमाले १८२
राप्रपा नेपाल २५
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३

जम्मा २१९

खुल्न बाँकी

नेपाल परिवार दल २
जनमुक्ति २
दलित जनजाति पार्टी नेपाल १
बहुजन शक्ति पार्टी १
खम्बुवान मोर्चा १
अखण्ड नेपाल पार्टी १
मधेस समता पार्टी नेपाल १
स्वतन्त्र १

जम्मा १०

आजको कान्तिपुर दैनिकमा खबर छ ।