कांग्रेसमा फेरि जाग्यो दारी र सारीको लफडा

काठमाडौं, ३ साउन । कांग्रेसका दारी र सारीको प्रसंग पुनजीर्वित भएको छ । सभापति देउवालाई केन्द्र बनाएर दारी र सारीको प्रसंग ब्यूँझिएको हो । दारी भनेको बिलेन्द्र निधि र सारी भनेको आरजु देउवा हुन् ।

अहिले कांग्रेसभित्र निधि र आरजुको चकचकी भएको जानकारहरु बताउँछन् । उनीहरु भन्छन् –देउवाको एउटा आँखा निधि र अर्को आँखा आरजु हुन् । मुख पनि यी दुई हुन्, हातगोडा पनि यी दुई नै हुन् ।

कांग्रेसमा निधि र आरजु सर्वशक्तिमान भएर उदाएका छन् । देउवाले कुनै पनि निर्णय गर्दा यी दुईलाई सोधेर मात्र गर्छन् र देउवाको तर्फबाट पनि यी दुईले नै निर्णय गर्छन् । 

देउवाले पत्नी आरजुलाई विश्वास गर्नु स्वाभाविक हो तर यावत राजनीतिक काममा आरजुले आफै सभापति हुँ जस्तै गर्न थालेपछि देउवा समूहमा समस्या आएको बुझिन्छ । ‘पति देउवा सभापति हुन् अघिसम्म आरजु म्याडम् अगाडि देखा पर्नुहुन्थ्यो, अहिले देउवाको तर्फबाट उहाँले नै निर्णय दिनुहुन्छ,’ कांग्रेसका एक पीडित नेता बताउँछन् ।

बिमलेन्द्र चाहिँ देउवा सभापति बनेपछि मात्र हावी बनेका हुन् । त्यसपछि देउवा वरिपरिको टिममा खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, एनपी साउद, प्रकाशशरण महतलगायतका पनि देउवाको टिममा भित्रिया बनेका छन् ।
- साँघु साप्ताहिक