सबैभन्दा ठूलो सुन भण्डार भएका संसारका १० देश (फिचर)

सुनलाई अन्तराष्ट्रिय बजारमा मुद्रा विनिमयको मुख्य आधार मानिन्छ । देशको आर्थिक ससक्तिको मापन समेत सुनबाटै हुने गर्छ । सुनको मूल्य पछिल्लो समयमा उकालो लागिरहेको छ । सुनको माग बढिरहेको र आपुर्ति कमजोर भैरहेका कारण सुनको मूल्य अझै बढ्दै जाने निश्चित छ ।

सामान्य मानिसका लागि समेत सुन गहना मात्र होइन समृद्धीको प्रतिक पनि हो । के तपाइँलाई थाहा छ, संसारको सबैभन्दा धेरै सुन कुन देशसँग होला ?

यी हुन् संसारका सबैभन्दा बढी सुन भएका १० देशः

१- अमेरिका संसारमा सबैभन्दा बढी सुन राख्ने देश हो । अमेरिकामा ८, १३३ दशमलव ५ टन सुन छ । यो विदेशी मुद्रा भण्डारको ७४ दशमलव ९ प्रतिशत हो ।

२- जर्मनी संसारमा दोश्रो सबैभन्दा बढी सुन मौज्दात भएको देश हो । जर्मनीमा ३,३८१ टन सुन भण्डार छ । यो विदेशी मुद्राको ६८ दशमव ९ प्रतिशत हिस्सा हो ।

३- इटाली संसारमा सबैभन्दा बढी सुन हुने तेश्रो देश हो । इटालीसँग २, ४५१ दशमलव ८ टन सुन भण्डार छ । यो विदेशी मुद्राको ६८ प्रतिशत हिस्सा हो ।

४- फ्रान्ससँग २, ४३५ दशमलव ७ टन सुन छ । फ्रान्स संसारमा सबैभन्दा बढी सुन हुने चौथो ठूलो देश हो । यहाँ विदेशी मुद्राको ६२ दशमलव ९ प्रतिशत सुनको भण्डार छ ।

५- चीनसँग संसारको पाँचौं ठूलो सुन भण्डार छ । चिनसँग १, ७९७ दशमलव ५ टन सुन भण्डार छ । यो विदेशी मुद्राको २ दशमलव २ प्रतिशत हो ।

६- रुस संसारमा सबैभन्दा ठूलो सुन भण्डार हुने छैटौं देश हो । रुससँग १, ४६० दशमलव ४ टन सुन छ । यो विदेशी मुद्राको १५ प्रतिशत हो ।

७- स्वीटजरल्याण्डसँग संसारको सातौं ठूलो सुन भण्डार छ । यहाँ १, ०४० टन सुन रहेको छ । यो विदेशी मुद्राको ६ दशमलव ७ प्रतिशत हो ।

८ – जापान संसारमा सबैभन्दा बढी सुन हुने आठौं देश हो । यहाँ ७६५ दशमलव २ टन सुन भण्डार छ । यो कुल विदेशी मुद्राको २ दशमलव ४ प्रतिशत हो ।

९- संसारको सबैभन्दा बढि सुन हुने नवौं देश नेदरल्याण्ड हो । नेदरल्याण्डसँग ६१२.५ टन सुन भण्डार छ । यो विदेशी मुद्राको ६१ दशमलव २ प्रतिशत हो ।

१०‍- छिमेकी देश भारत पनि सुन भण्डार धेरै हुने टप टेन देशमा पर्छ । भारतमा ५५७ दशमलव ७ टन सुन छ । यो विदेशी मुद्राको ६ दशमलव ३ प्रतिशत हो ।