अमेरिकालाई नटेर्ने यी ९ देश : जहाँका नागरिक भन्छन्, देश विकास नहुनुको कारक अमेरिका

अमेरिका दुनियाँको शक्तिशाली देश मध्ये पहिलो स्थानमा रहेको देश हो । उनको इसारामा दुनियाँका धेरै देशमा चलचल हुने गर्छ । इराक, अफगानिस्तान जस्ता देशहरु अमेरिकाकै इसारामा ध्वस्त भएका हुन् । 

सुचना सञ्चार, हतियार र शैन्यवलबाट संसारलाई काबुमा पार्न उद्धत अमेरिकालाई नटेर्ने दुनियाँमा ८ देशहरु छन् । ती देशहरु कुनै पनि हालतमा अमेरिकाको कासन मान्दैनन् । यति मात्रै होइन आफ्नो देश विकास नहुनुमा अमेरिका नै एकमात्र बाधा भएको बताउँछन् ।

अमेरिकाको दवाव नमान्ने ९ देशहरु यस प्रकार रहेका छन् :

१. उत्तरकोरियाः
उत्तर कोरिया आजसम्म अमेरिकाको कुनैपनि दवावमा झुकेको छैन । उत्तरकोरियाले पटकपटक मिसाइल परीक्षण गरिरहेको छ र त्यसको संयुक्त राष्ट्र संघ र अमेरिकाले बिरोध गरिरहेको छ । र पनि उ एक कदमपनि पछि नहटी आफ्नो मिसनमा लागिरहेकै छ । विश्लेषकहरुले चीनको साथ र समर्थन उत्तरकोरियाले पाएको भनि भनिरहेका छन् । उत्तरकोरियाले वासिङटन ध्वस्त भएको भिडियो समेत सार्वजनिक गरेको थियो ।

२.इरान  
इरान पनि अमेरिकाको कुनै कुरामा झुकेको छैैन । अमेरिकाले इरानमा न्यूक्लियर बम छ भनेर भनिरहेपनि इरानले त्यसलाई इन्कार गर्दै आएको छ । पटक पटक अमेरिकाले धम्की दिएपनि इरान डराएको देखिदैन ।

३.ताजिकिस्तान :
ताजिकिस्तान कुनैबेला सोभियत युनियन अन्तरगत थियो । यो एक गरिव राष्ट्रपनि हो । अहिले यो देश र रुसको बीचमा मजबुत सम्बन्ध रहेको छ । ताजिकिस्तानलाई चीनको पनि राम्रो समर्थन छ । यी नै दुई देशको साथ र सहयोगका कारण अमेरिकाले भनेको उसले केही पनि मान्दैन ।

४.अस्ट्रिया :
यूरोपको मध्य भागमा रहेको देश हो अस्ट्रिया । उसले आजसम्म अमेरिकासँग कुनैपनि प्रकारको सम्बन्ध बनाएको छैन । अष्ट्रियाको इरान र उत्तरकोरियासँग राम्रो व्यापरिक सम्बन्ध छ । यसको कारणपनि उ अमेरिकासँग नजिक हुन चाहाँदैन । अर्को रोचक इतिहास के छ भने, अष्ट्रिया हिटलरको जन्मभूमिपनि हो । हिटलरलाई युके र अमेरिका लगायतका देशहरुले निकै घृणा गर्ने गर्छन् ।

५.लेवनानः

५४ प्रतिशत मुस्लिम र ४१ प्रतिशत क्रिश्चियन भएको देश लेवनानपनि अमेरिकासँग डराउँदैन । अमेरिकाले लेबनानसँग सम्बन्ध बनाउन निकै कोशिस गरेपनि लेबनानले कुनै महत्व दिएको छैन ।

६. बेलारुस :

कुनैबेला सोभियत संघसँग आवद्ध देश बेलारुसपनि अमेरिकालाई महत्व दिदैन । यसको ठूलो कारण रहेको छ, अमेरिकाले युक्रेनको सपोर्ट गर्छ । कठिन आर्थिक संकटबाट गुज्रिरहेको बेलारुस आफ्नो देशको दुःखको एक मात्र कारण अमेरिका भएको बताउँछन् ।

७.रुस :

रुस र अमेरिका एकआपसमा लामो समयदेखि विवाद गरिरहेको छ । यी दुइ देश लामो समयदेखि सित युद्धसमेत थिए । अमेरिका कुनै न कुनै बाहानामा रुसलाई झुकाउन चाहान्छ । कुनै समय समाजवादी क्रान्तिको झन्डा फहराउँदै अघि बढेको रुस, अमेरिकाको एकमात्र दुश्मन थियो । हाल रसियनहरु आफ्नो देश विकासको एकमात्र बाधा अमेरिका भएको बताउँछन् ।

८.जोर्डन 

अमेरिकाबाट कुनैसमय अरबौं रुपैया सहयोग लिएपनि जोर्डनका नागरिकहरु अमेरिकी विरोधी धारणा राख्छन् । यसको ठूलो कारण हो, अमेरिकाको इजरायल विरोधी कदम । किनकी जोर्डन इजरायलको विश्वासिलो छिमेकी देश हो । जोर्डनी नागरिकहरुपनि आफ्नो देश विकासको बाधा अमेरिका नै भएको बताउँछन् ।

९.चीनः

कम्युनिस्ट शासन चलाइरहेको चीन आजसम्म अमेरिकाप्रति सकारात्मक हुनसकेको छैन । दुई फरक विचारबाट दुनियाँको शक्तिशाली देश बन्न उद्धत यी दुई देश आर्थिक बृद्धि र शैन्य शक्तिमा समेत एक अर्काका प्रतिष्पर्धी मानिन्छ । पछिल्लो समय यी दुईदेशबीचको दुरी झनै बढेको छ ।