युद्धताका आफ्नै नेतालाई पनि चरम यातना दिन्थे माओवादीहरुले

- देबेन्द्र पराजुली
‘चरम यातनापछि खुट्टाको नलीहाडमा बेल्ना लगाउँदै, अन्तिम इच्छा सोधियो । मैले नमार भने।यातनाले छेदबिछेद बनेको मेरो शरीर मुँढा जस्तै भूईंमा लडिरहेको थियो । छेउमै कमरेडहरु मेरो मृत्युदण्डको बहस गर्दै थिए । अध्यक्ष प्रचण्डलाई भेटेपछि पूर्णकालिन कार्यकर्ता बनेर सोचेको थिएँ, समाज परिवर्तनका लागि योगदान दिनेछु । कस्तो अचम्म ! समाज परिवर्तनका लागि हिँडेको सिपाही कुनै दिन गलत अभियोगमा आफ्नै पार्टीभित्र मृत्युको अनुभव गर्नुप¥यो ।’

पार्टीमा मौंलाएको अतिव्यक्तिवादी सोचकाविरुद्ध आवाज उठाउँदा केही केन्द्रिय सदस्यहरुले नेतृत्वलाई नटेरेको भन्दै म विरुद्धको फाईल तयार गरेका रहेछन् । कार्यकर्तामाथि लाद्ने दासत्वको प्रतिबाद गर्दा लठैत् मानसिकता बोकेका ती नेतासँग विवाद चुलिँदै गयो । धडिया थापेर बसेका ती लठैत्ले भारतको पटना घटनामा फसाइ दिएँ । ऊ बेला पार्टीभित्र आउने वैचारिक चुनौतिलाई राजनीतिक रुपमा स्विकार गर्नुको सट्टा त्यसलाई वर्ग झुण्ड्याएर कुनै न कुनै संगिन आरोपमा कार्वाही गरेर थन्काउने गरिन्थ्यो । मलाइ पनि त्यहीँ गरियो ।

घटना २०६० सालको हो । भारतको पटनाबाट साथीहरु गिरफ्तार भए । हामी बजार गएकाले जोगियौँ । बसेको होटलबाट साथीहरुलाई भारतिय पुलिसले गिरफ्तार गरेको कुरा होटेल सञ्चालकबाट थाहा भयो । उसले हामीलाई छिनभर बस्न दिएन । अलपत्र अबस्थामा रहेका कल्पना र म साथीहरुको सम्पर्कबाट विहारको मोतिहारीबाट रौतहट हुँदै कार्यक्षेत्रमा आइपुग्यौं । कार्यक्षेत्रमा पबनमान श्रेष्ठसँग भेट भयो । घटनाको बारेमा छलफल भयो । उहाँले भुन्नुभयो ‘सबै कुरा बुझिएको छ ।’ उनको गर्जनपछि कल्पनाले मलाई सजक गराईकी थिइन् । 

कल्पना र मलाई निलम्बन गरिएको सिन्धुली पुगेपछि राम बहादुर थापा बादलले जानकारी गराउँदै भन्नुभयो ‘पटना घटनाको अनुसन्धानको लागि तपाईंलाई निलम्बन गरिएको छ ।’ सुनेपछि आर्चयचकित भएँ । दुश्मनको पञ्जाबाट बाँचेर आएको उपहार पार्टीले यस्तो पो थमाई दियो ! मैले गल्ति नगरेकाले बिचलित भईनँ । अनुसन्धानको लागि सहयोग गर्न तयार छु, भने । उहाँहरुको हाउभाउ देख्दा लाग्यो म माथि पूर्वाहग्रहि ढंगले अनुसन्धान गरिँदैछ । साथीहरु त्यति निच र हेवान होलान भन्ने कल्पना समेत गरेको थिईनँ ।

पार्टीबाट निलम्बन

निलम्बनपछि बयान प्रक्रिया लिन सुरु भयो । पहिलो प्रश्न थियो ‘पटनामा नेताहरु गिरफ्तार हुँदा तिमीहरु किन बाँच्यौं ?’ पहिलो बयान पबनमान श्रेष्ठले लिएका थिए । पबनमानको केरकार केही समय चल्यो । उनको सोध्ने तरिका सहज थिएन । कल्पना नै नगरेका प्रश्नहरु मेरो अगाडि तेर्साए । उनको प्रश्नहरुको जवाफ दिँदै गएँ । म र मेरो श्रीमती कल्पनालाई सैन्य हिरासतमा लियो । तपाईहरुलाई सैन्य फरमेसनमा रहने व्यवस्था गरिएको छ, भन्दै थिए नेताहरु । हामी सैन्य हिरासतमा छाँै भन्ने कुरा दिनप्रति दिन हामीमाथि हुने घटनाहरुले पुष्टि गरिरहेका थिए । सोचेको थिएँ, घटनाको निष्पक्ष ढंगले छानबिन गरिदैछ । तर, मेरो बुझाई मनोगत हुन पुग्यो । हामीलाई त सैन्य हिरासतमा राख्ने योजना बनेको रहेछ । सेनाको टिमसंग सिन्धुलिबाट उदयपुर लगियो । त्यो बेलासम्म हामी माथिको व्यावहार ठिकै थियो ।

सैन्य हिरासत

उदयपुरमा बयान लिनको लागि हितमान शाक्य तयार बसेका रहेछन् । हितमानले पटनाको घटना मैले घटाएको होइन भन्ने पुष्टि गर्नुस् भन्ने ढंगले पेस भए । त्यसपछि उनीसँग चर्काचर्की नै भयो । मेरो वर्तमान र विगतसँग परिचित साथीले मुल्याङ्कन नै नगरि यस्तो आरोप लगाउने ? यस्तो अन्तरघात गर्ने कुराको मैले कल्पनासम्म गर्न सक्दैन भने । उनको कुराले मलाई ठूलै झ्डका दियो । बयान लिँदै गए । ‘त्यसो भए तपाईले होइन, भने कस्को निर्देशनमा गर्नु भएको हो ? तपाई भन्दामाथि को छ ?’ यी र यस्तै प्रश्न सोधियो । उनको बयानपछि सेनाकै घेरामा रहेर ओखलढुंङ्गा हुँदै सोलु पुर्याइयो । त्यो बेला सोलुमा पार्टीको ठूलो केन्द्रिकरण थियो । त्यहाँ बादल र सैन्य कमाण्डर पाबेल पनि हुनुहुन्थ्यो ।

आँखामा कालोपट्टी

सोलुमा पनि केरकारका लागि योजना बनेको रहेछ । सोही ठाउँबाट कल्पना र मलाई छुट्टाछुटै हिरासतमा लियो । आँखामा कालोपट्टि बाँधेर मेरो बयान लिनका लागि साथीहरु तयार भए । तेस्रो दिनपछि बयान लिने तरिका फेरियो । घटनाको बारेमा सधैँझँै सोधियो । त्यो बयानसम्म पुग्दा कमरेडहरु तँ मा झेरका थिए । ‘भन तेरो जेठान अष्टे«लियामा के गर्छ ?’ प्रश्नको जबाफदिँदै भने ‘उहाँ पहिले ठमेलमा पर्यटक व्याबसायीको रुपमा काम गर्नु हुन्थ्यो । संकटकाल लागेपछि भागेर अष्ट्रेलिया जानु भएको हो ।’ पाबेल गज्रिदै भने ‘तेरो जेठान सीआईए को एजेण्ट हो । उसैलाई सम्पर्क गरेर तैले पटनाबाट साथीहरु गिरफ्तार गराएको होस् ?’

उनीहरुको त्यो विश्लेषण गर्ने क्षमता देखेर दया लाग्यो । फेरि गज्रिदै भने ‘तँ पार्टीको गद्धार होस्’ मेरो धैर्यताको बाँध टुट्यो । गद्धार शब्दले निकै पीडा दियो र औंला उठाउँदै भने ‘तिमीहरु सबै गर, तर गद्धार नभन् । म गद्धार होइन’ मेरो उठेको हातलाई तल बज्रादै ठाउँकोमा हिर्काउन थाले । बयान लिने क्रमसँगै यातना बदलिँदै थियो ।

त्यो समय सोलुमा मुटु काप्ने जाडो थियो । विहान उठ्दा सितले लछपै हुन्थे हिड्ने गोरेटाहरु । रातको चिसोमा मैले ओडेको सिलिपिङ ब्याग समेत कमाण्डरहरुले खोसि दिन्थे । मुटुकाँप्ने जाडोमा निद्रा पर्ने कुरै भएन । यसरी यातना दिने प्रक्रिया लामो समयसम्म चल्यो । दिनमा हिड्दा सबै सिलिपिङ व्याग मलाई बोकाउने सुत्ने बेला खोसेर लिन्थ्ये । पुस मागको कटकटाउँदो जाडो । म मात्र भरिया थिएँ ।

दिनहरु यातना र अपमानसंगै वितिरहेक थिए । चिन्ता कल्पनाको थियो । उनी कहाँ र कस्तो अवस्थामा होलान ? उनी माथि के के गरिँदैछ होला ? यी र यस्तै पीडा मन रुन्थ्यो ।

क्रमश साथीहरुको व्यवहार कठोर बन्दै गएको थियो । सामान्य सदस्यहरुसंग पनि बोल्नप्रतिबद्ध लगाईयो । मलाई अनुसन्धानको लागि राखिएको छ भन्ने ठानेको थिए । तर उनीहरुले श्रम कैदमा राख्ने निर्णय गरेका रहेछन् ।

उदयपुरमा समान लिने र भेटघाट गर्ने भन्दै मलाई सेनाको एउटा टुकुडिसंगै लगियो । त्यहाँ हितमान र अमृतासंग भेटेर कुराकानी गर्न पाइन्छ होला भन्ने आशा गरेको थिए । उनीहरु त्यो बेला त्यही बस्दथेँ । अमृता थापालाई देखँे तर, उनले मलाई नदेखेँ जस्तो गरिन । त्यसपछि मैले पनि बोलाईन । समान बोक्नको लागि चिसापानी भन्ने ठाउँमा पुर्याए । चिसापानी पुगेको भोलिपल्ट मेरो दिउँसो ४ बजे बयान लिने समय तोकिएको रहेछ ।

जंगलको चित्कार

गाउँको बस्तीदेखि केही टाढा बारीको कुनामा रहेको खरले छाएको गोठमा लगे । माथिको आदेश छ, ‘तेरा आँखा र हात बाँध्ने ।’ रिसले भरिएको अनुहार र मुखमा झुण्डीएका उनीहरुका गालीका शब्दहरुले मेरो आस्था र विश्वासमाथि कुल्चदै हात खुट्टा रसिले कसियो । आँखा पहिल्यै बाँधिएकाले कसले बयान लिँदैछ भन्ने थाहा थिएन । पछि थाहा पाए सेनाको कमिसार प्रबेस रहेछन् । ‘यो घटना तँै तिर सोझिएको छ ।’ उनले पनि अत्यन्तै जटील खालका प्रश्न गरे । त्यहाँ पनि एउटा प्रश्न दोहोरीयो । ‘यदि तँ होइन भने को हो भन ?’ यो प्रश्न हरेक बयानमा सोधियो ।

त्यहीँ दिन साँझको खानापछि फेरि बोलाए । सबैतिर अन्धकार थियो । दिउँसो लगेको गोठभन्दा अलिमाथि डाँडामा पुर्याए । त्यसपछि आँखामा पट्टि बाँधियो । अनि डोरीले दुबै हात पछाडि कंसिदिए र कन्चटमा पेस्तोल ताक्दै कमरेडहरुले भने ‘तँ गद्धार होस् अब तँलाईं सिध्याउने हो भन्दै कुर्लिए ।’ त्यसपछि खुट्टामा डोरीले बाँधे र पहाडको त्यो गेग्रेटोमा घिसार्न थाले । मरेको बस्तु जस्तै मलाई उनीहरुले घिसारी रहेँ । पुस माघको त्यो चिसो र पहाडको गेग्रेटोमा घिस्रादा कस्तो भयो होला ? तपाई आफै कल्पना गर्नुस् । कमरेडहरुले त्यहीँ पहाडबाट घिस्रादै तलतिर झारे । शरीरको बाहिरी छाला निस्कीएर रगतले बग्न थाल्यो । त्यो बेला अ‍ैया…बाबा…अ‍ैया …आमा …. बाहेक मुखबाट केही निस्किएनन् । रक्तामै बनेको मेरो शरीरमा कमरेहरुले पालैपालो लठ्ठिले हिर्काउन थाले । जब यातना चरम हुन्थ्यो अनि चिच्याउँथे । मेरो गुहार सुनिदिने कोही थिएन । शरीरबाट रगत बगिरहेको थियो । त्यो जंगलमा मेरो चित्कार कस्ले सुनिदिने ? अ‍ैया भन्यो कि मुखमा बुटले कुल्चि दिएर आवाज बन्द गरिदिन्थेँ । मुखमा बारम्बार बुटले कुल्ची रहेँ । पीडा र यातनाको सिमा थिएन । ‘पटनाको घटना किन गरिस् ? तँ नभए माथि को हो ?’ उनीहरुले म होइन भन्ने आवाज सुन्ने कुरै थिएन, उनीहरुलाई आदेश त्यसैगरी दिएको हुनुपर्छ ।

कमरेडहरु पालैपालो मेरो शरीरमा लठ्ठि बर्साई रहेँ । म चिच्याई रहँे…….. चिच्याई रहेँ….। अ‍ैया भन्यो कि मुखमा कपडा खाँदेर बुटले कुल्चन थाले । दुई घण्टासम्म उनीहरुले मलाई लठ्ठि र बुटले कति कुटे थाहा छैन । उनीहरु क्रुरुरता प्रदर्शन गरे । लाग्थ्यो उनीहरु मानिसको रुपमा राक्षस थिए । अर्धमृत्य बनेको मेरो शरीरलाई उनीहरुले नै उठाएर बेलुका बसेको घरमा पल्टाई दिएको होस खुलेपछि मात्र थाहा पाएँ । आँखामा पट्टी बाँधेकाले कुटपीट गर्ने सबैलाई चिन्दन । त्यसमध्येका कतिपय साथीहरुलाई चिन्छु । रातीको कुटाइका कारण बिहान उठ्न धेरै गह्रो भयो । मनमा केही आशा थियो र, भने केन्द्रिय सदस्य हिमाललाई भेट्छु, साथीहरुले ‘ए तैँले हामीलाई नगन्ने, तँ ठूलो—ठूलो नेता खोज्ने साले गद्धार’ भन्दै लात्तै लात्ताले हिर्काए । रातको कुटाई र लछार पछारबाट लागेको घाउबाट रगत बग्न थाल्यो ।

सबैभन्दा बढी पैतालोमा काठको मुंग्रोले हान्दा र नलिहाडमा बेल्ना लाउँदा दुख्यो । हातखुट्टा बाँधेर पैतालोमा कमरेडहरुले पालैपालो मुंग्रोले हिर्काउँदा त्यसको असर ठाउँकोमा पुग्दो रहेछ । त्यहीँ यातनाको कारण मेरो अहिले ढाड दुखि रहन्छ । खुट्टाको एउटा औंला यातनाकै क्रममा भाँचिएको छ । एक वर्षसम्म बयान र यातना लगातार चलिरह्यो । साथीहरुले दिने चरम यातना सहन नसक्दा कहिले काहिँ एकै पटकमा मारिदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।

अन्तिम इच्छा

‘चरम यातनापछि खुट्टाको नलिहाडमा बेल्ना लगाउँदै, अन्तिम इच्छा सोधियो । मैले नमार भने । यातनाले छेदबिछेद बनेको मेरो शरीर काठको मुडा जस्तै भूईंमा लडिरहेको थियो । छेउमै कमरेडहरु मेरो मृत्युदण्डको बहस गर्दै थिए । कस्तो अचम्म ! समाजलाई मुक्ति दिन हिँडेको सिपाही कुनै दिन गलत अभियोगमा आफ्नै पार्टीले दिन लागेको मृत्युको अनुभव पनि गर्नु पर्ने छ । तँलाई यसैगरी मार्ने हो भन्दै यातना दिईरहेँ । त्यो बेला उनीहरुले मेरो अन्तिम इच्छा सोधँे । मृत्यु हुनुभन्दा अगाडी मान्छेले कसरी सोच्दो रहेछ भन्ने अनुभव पनि म सँग छ ।

‘यदि म मारे भने इतिहासको पानामा गद्धार लेखिने छ । यदि क्रान्तिले सेटब्याग खायो भने घटनाहरुको समिक्षा हुनेछ, त्योबेला सत्य कुरा सतहमा आउँनेछ । बल्ल त्यो बेला निर्दोस हुँ भन्ने कुराको पुष्टि हुनेछ । कि क्रान्ति सफल भएपछि कोहि न कोहिले अनुसन्धान गर्ने छन् । तब सत्य कुरा बाहिर आउनेछ । तर केहि समयसम्म त मलाई गद्धारको रुपमा परिभाषित गर्ने भए भन्ने सबैभन्दा ठूलो चिन्ता दिमागमा घुम्यो । सोचेँ आफ्तहरुले के भन्लान् ?’
मैले अन्तिम इच्छामा भने मलाई नमार । मृत्युपछि पनि यो घटनाको अनुसन्धानलाई पार्टीले जारी राखोस् । अर्को पार्टी हेटक्वाटरलाई पत्र लेख्न पाउँ भन्दै मृत्यु पहिला इच्छा व्यक्त गरेँ । त्यो बेला लाग्यो आज मलाई पक्कै मार्ने छन् ।

जब आफ्नो अगाडि मृत्यु खडा भएको हुन्छ त्यो बेला सेकेन्ड भरमा नातागोता, साथी भाई, पार्टी क्रान्तिलाई सम्झीए र, भने इतिहासले मलाई बिनाकारण ठग्दैछ । घटनाको पुष्टि नहुँदासम्म कति वर्ष मलाई गद्धारको कोटीमा राख्ने होलान ? त्यसपछि मेरै अगाडि भने माथिको आदेश छ अहिले यसलाई नमार्ने रेँ । त्यो बेला मेरो शारीरिक अबस्था निकै नाजुक बनेको थियो । यातनाको कारण राम्ररी शरीरलाई उठाउन सक्ने अबस्थामा थिएन । ज्यूँदो लासमा परिणत मेरो शरीरलाई तिनै कमरेडहरुले हातमा समातेर घिस्रार्दै गुन्द्रिमा लडार्इं दिए ।

यातनाको पीडाले छटपटाई रहेको मेरो शरिरलाई मलम पट्टि गर्ने,आफ्नो कोही थिएन । आफ्ना कमरेडहरुले औषधि दिने कुरै भएन । त्यो दिन मलाई यातना दिनको लागि सेनाका नयाँ सदस्यलाई प्रयोग गरिएको थियो । औषधि देऊ भन्दै हात थापेँ,तर दिएनन् !

रातिको यातनाले थिलोथिलो बनेको शरीर लिएर बिहान फेरि हिड्नु पर्ने भयो । त्यो दिन मेरो दायाँ हात चल्नै छोडेको थियो । धेरै दिनसम्म दायाँ हात चल्दै चलेन । बायाँ हातले खाना खाँए ।देब्रेहातले नै भाँडा बाँझे । युद्ध सामाग्री बोक्न भन्दै थिए तर, खुट्टामा यातना बढी भएर होला हिड्न अत्यन्तै मुस्किलभयो । घायल शरीर रगतको टाटा, शरिरमा निला डामै डाम र निरिह अनुहार लिएर लत्रदै हिँडे । बाटोमा सेनाकाकमरेडहरुले जोडले लठ्ठि बज्रादै, त्रसाउँथे । अनि सबै जना मलाई हेरेर गलल्ल्ल .. हाँस्थे । त्यो दिन बाटो भरिनै भूईंमा लठ्ठिहान्ने अनि आफै अ‍ैया… अ‍ैया.. गर्दै मलाई हाँस्यव्यग्यको पत्र बनाउँदै जलिल गरीरहेँ ।

मैले भोगेको यातना भन्दा बिना कसु्र म माथि लगाईएको आरोप ठूलो हो भनेर सबै पीडा सहने गर्दथेँ । उनीहरुको व्यावहार देखेर पक्का भयो मलाई राती यातना दिने टिम यहि हो भन्ने । त्यो साँझ खाना खानसक्ने तागत नभएको शरीर, भाँडा माज्ने कसरी ? ठूलो टीमलाई पकाएको भाँडा माँजेन भनेर सबै म माथि खनिए । मैले नसकेर हो भन्दा पनि साथीहरुले छोडेनन् । खरानी र पानीले भाँडा धुँदा यातनाले च्यातिएको मेरो छाला झनै दुख्योँ । त्यस्तो अबस्थामा पनि साथिहरुले सबैभन्दा गह्रौं भारी बोकाएर हिडाउँथे । सक्दैन भन्यो कि पिट्ने र अपमान गर्दथँे । पाईला पाईलामा माथिको आदेश छ, ठोकिन्छ भन्छन् । यातना खानुभन्दा खुट्टा खोच्याउँदै भारि बोकेर लुरुलुरु हिडेँ । मैले त्यो बेला सेनाका कमाण्डरलाई सोधे म श्रम कैदमा हो वा अनुसन्धानमा हो ? हामी जान्दैनौं माथिको आदेश छ, खुरुखुरु काम गर्ने, नभए ठिक हुने छैन । उनीहरुले ठिक हुनेछैन भन्नुको अर्थ यातना नै हो ।

खाना र औषधी

मेरो शरीर र कपडा देखेर होला ! के भयो सर भन्दै त्यहाँका जनताले सोधे । भिरबाट लडेको भन्दै, पार्टीेले दिएको यातनाको कुरा लुकाएँ । त्यो बेला कहाँबाट कपडा चेन्ज गर्ने ? रातीको रगतले भिजेको मेरो कपडा दिनमा सजैले थाहा हुन्थ्यो । यातना दिएका साथीहरुले बिहान आगन छेउमा बसेर ‘सालेलाई यसरी ठोकियो भन्दै हाँसिरहेका थिए ।’ जनताले राम्रोसंग बुझँे । पीडा धेरै भयो र भने मेरा साथीहरुले औषधि माग्दा दिएनन्, तपाईहरु मलाई औषधि ल्याई दिनुहोस्न । साथीहरुको आँखा छलेर जनताले औषधि दिए । म माथि दया जागेर होला जनताले दुध र पेटभरी खाना दिए । औषधिले दुखाई केही कम भयो ।

बाँचे छु भने श्रीमती (कल्पना धमला) देखाउने छु भन्दै मलाई दिएको यातनाको बारेमा डायरी लेखेको छु । लेख्न बस्यो हैरान पार्दथेँ ।

मेरो अबस्था देखेर भोजपूर पार्टीका साथीहरुले ‘भने यो मान्छेलाई यसरी किन दुःख दिएर हिडाउँछौं । यो भाग्दा पनि भाग्दैन । भाग्ने भए पहिल्यै भाग्ने थियो । उसको जिम्मा हामी लिन्छौ । सुरक्षित राख्ने जिम्मा हाम्रो भयो ।’ उहाँहरुमा मानवता जागेको हुनुपर्छ । मेरा परिचित साथीहरु र त्यहाँको सिङ्गो पार्टीले पहल गरेको कुरापछि थाहा पाएँ । त्यो बेलाका जिल्ला पार्टीमा रहेका सबै साथीहरुलाई मेरो सलाम छ । एक वर्षपछि सेनाको हिरासतबाट जिल्ला पार्टीको जिम्मा लगाईयो । त्यो बेला पार्टीमा अन्तरसंघर्ष चर्किएको थियो । अन्तरसंघर्षको बारेमा साथीहरुले प्रश्न गर्दथे तर,मलाई थाहा थिएन । एउटा कुरा पक्का थियो अन्तरसंघर्षको कारण मलाई प्रताडित गरिएको थियो ।

अन्तरसंघर्षमा कस्को रोल के थियो थाहा थिएन । एक वर्षपछि श्रीमती कल्पनाको बारेमा सिन्धुलिबाट भोजपूर आएका सेनाका साथीहरुले खबर दिए । उनीहरुले कल्पनालाई पत्र लेख्न भनेका थिए तर, मैले पार्टी अनुसाशनलाई तोड्न चाहिन । ती साथीहरुलाई भने ‘कल्पनालाई भनि दिनु सबै कुरा ठिक ।’

मैन बत्तिका टुक्रा

सिन्धुलिबाट आएको टिमले एउटा रेडियो दिएको थियो । रेडियोसंग दिनहरु बिताउन थालँे । यो बेला मैले बिबिसी, उर्दु देखि इरानी रेडियोसम्म सुनेँ । पढ्न र लेख्न लागेको देखेँ भने म जहाँ बसेको छु त्यही बल ठोक्ने गर्दथे । रातिमा पढ्न र लेख्न बत्ति हँुदैनथ्यो । दिनमा समय थिएन । समय बाँकी भयो कि डायरी लेख्न बस्थेँ । रातिमा लेख्न खोज्यो कमरेडहरु ‘ए बत्ति निभा भन्थ्येँ ।’ मेरो बत्ति बन्द हुँथ्यो तर साथीहरु बालिरहन्थ्येँ । उनीहरुले फालेका मैन बत्तिका टुक्रा जम्मा गर्दथँे । रातीमा तिनै प्रयोग गरेँ । एक वर्षको बिचमा एउटा पाइन्ट पाएँ । 

अनुसन्धानको नाममा यातनाको प्रयोग, यो गलत हो । म माथि लागेको संघीन आरोप पुष्टि नभएपछि म हिरासत मुक्त भए । पटनामा ती साथीहरु आफ्नै कारणले गिरफ्तार भएका रहेछन् । हिरासत मुक्त भए लगत्तै तत्कालीन पार्टी अध्यक्ष प्रचण्डलाई दिल्लीमा भेटेँ । अध्यक्षले भन्नुभयो— ‘हाम्रा कमरेडहरु बिग्रिए । पंच्यायतकालका प्रधानपञ्चहरु धेरै सामाजिक थिए तर हाम्रो साथीहरु सामाजिक भएनन् । तपाईहरुले दुःख पाउनु भयो । के कार्वाही गरौं ?’ जवाफमा भने ‘त्यो के गर्ने तपाईको कुरा भयो । तर, मनोगत ढंगले एउटा निस्कर्षमा पुगेर अनुसन्धान गर्नेे नाममा यातनाको विधि अपनाउनाले पार्टीमा धेरै निर्दोष साथीहरु अन्यायमा परेका छन् । यो कुरा पार्टीले तुरुन्तै रोक्नुपर्छ ।’ प्रचण्डले त्यो बेला ‘अँ ’ त भन्नुभयो तर, केही गर्नु भएन ।

उनीसँगको रा

हिरासत मुक्त भएपछि कल्पनालाई अत्यन्तै कमजोर अबस्थामा सोलुमा भेटेँ । मृत्युको मुखबाट आफ्नो सबैभन्दा नजिको साथी एउटा ठूलो षड्यन्त्रबाट बँचेर आएपछि पहिलो पटक भेट्दा खुशी कस्लाई लाग्दैन होला ? उनलाई भेटेको रात डायरी देखाएँ । कल्पना डायरी पल्टाएर एक हरफ पढ्न वित्तिकै रुन थालिन । त्यो भन्दा अगाडि उनले एक अक्षेर पनि पढ्न सकिनन् । भेट भएको त्यो रात आँसुमै डुबेर बित्यो ।

अचम्मको कुरा ! हिरासत मुक्त भएपछि सम्पर्कमा जाँदा स्वगतको लागि तिनै मान्छेहरु थिए, जसले मलाई गद्धार भन्दै आफ्नो शिकार बनाए । ल…ल… स्वगत छ भन्दै हात सबैभन्दा अगाडि बढाउनेमा हितमान शाक्य थिए । देख्न वित्तिकै उनले गरेको व्यावहार दिमागमा फनफनि घुम्न थाल्यो । अरु केही नसोचि भने ‘के हो स्वागत तपाई त मलाई मार्न खोज्नु भएको थियो । मार्न सक्नु भएन, अहिले स्वगत ? तपाईलाई त म नेता सम्झेको थिए । तपाई कुनै पनि कोणबाट नेता हुन सक्नु हुन्न । तपाई त हनुमान ढोकाको केरकार शाखाको हवल्दार हो । तपाईको स्तर त्यो भन्दामाथि छैन रहेछ ।’ ल…….ल……ल हेरन यो मान्छे रिसाएको , कहाँ मैले हो र ? त्यो त कृष्ण बहादुर महराले भनेर पो गरेको हो ।

मलाई थाहा छैन, पर्दा पछाडिका भलियनहरु को को हुन । हितमानको भनाई अनुसार कृष्ण बहादुर महराको पनि नाम जोडिएको छ ।

पार्टीमा कतिपय मान्छेहरुलाई कार्वाही गरेर फुकुवापछि नेता बनाउने र राम्रो स्थान पनि दिएको छ भने कतिपयलाई अनुसन्धानमा राखेर यातना र प्रताडनापछि पनि जिम्मेवारीमा ठगियो । म माथि लगाईएको मिथ्या आरोपले मेरो राजनीतिक यात्रामा ठूलै घाटा पुर्याएको छ । त्यो बेला नेताहरुको भनाई अनुसार प्रत्येक महिना एउटा जिल्लाबाट ५ देखि ७ जनासम्म बिभिन्न आरोपमा कार्वाहीमा पर्दथे । ति मध्ये धेरै कार्यकर्ता व्यक्तिगत प्रतिशोधको शिकार बनेका थिए ।

मनोगत ढंगले एउटा निस्कर्षमा पुगेर अनुसन्धान गर्ने र सत्यतथ्य पत्ता लगाउने नाममा ११ महिनासम्म मलाई साथीहरुबाट लगातार बिना प्रमाण पार्टीको गद्धार भन्दै चरम यातना दिने र तड्पाउने काम भयो भने तीन महिना श्रम शिबिरमा राखियो । १४ महिनासम्म पार्टीको हिरासतमा नारकिय जिवन बिताएपछि रुकुममा भएको चुनवाङ बैठकले निर्दोस सावित ग¥यो ।

पार्टीलाई गुम्राहामा राखेर गलत रिपोटिङ गर्ने र अनुसन्धानमा राखेको साथीलाई यातना दिन निर्देशन दिने नेतामाथि कार्वाही गर्नुको सट्टा मुख्य नेतृत्वले नै युद्धमा कहिलेकाँही यस्ता घटनाहरु हुन्छन भन्दै पीडकहरुलाई चोख्याउनु भनेको पीडितहरुको आलो घाउमा नुनचुक दल्नु हो । युद्धको उन्मातले अन्धा बनेका नेताहरुले गर्ने वर्ग विश्लेषणको कारण धेरै जनता र कार्यकर्ताले अनाखमा ज्यान गुमाउनु पर्यो ।

मैले पछि मात्र बुझेँ उनीहरुले हरेक पटक तेरो गुरु बा को हो ? भन्नुको पछाडिको कारण । उनीहरुले जसरी भए पनि बाबुराम भट्टराईलाई दोस दिने गुरु योजना बनाएका रहेछन् । मनोगत ढगले निस्कर्ष निकाल्ने र त्यसलाई पुष्टि गर्नको लागि अनुसन्धानको नाटक रचेका रहेछन् । त्यसको सबैभन्दा ठूलो शिकार म बने ।
प्रस्तुति – अस्मिता खड्का/अखबार दैनिक