साउन दोस्रो हप्ता मौका परीक्षा (तालिका सहित)

काठमाडौं असार ३ – एसएलसीमा डी र इ ग्रेड ल्याउने विद्यार्थीले साउनमा मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको छ । दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३ सय २६ जना र आंशिकतर्फ ३९ हजार २ सय ५७ गरी जम्मा एक लाख ४७ हजार ५ सय ८३ जना रहेको कार्यालयले जनाएको छ । परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिका यसप्रकार छ :

साउन १४ गते शुक्रबार – अनिवार्य अङ्ग्रेजी 
वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अङ्ग्रेजी
साउन १५ गते शनिबार – अनिवार्य नेपाली गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (Elective English)
साउन १६ गते आइतबार – अनिवार्य गणित
साउन १७ गते सोमबार –   अनिवार्य बिज्ञान 
वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद 
साउन १८ गते मङ्गलबार – अनिवार्य सामाजिक अध्ययन 
साउन १९ गते बुधबार –    अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा  
वेदविद्याश्रमतर्फ : अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष
संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा
साउन २० गते बिहीबार –    ऐच्छिक प्रथमपत्रका सबै विषयहरू
साउन २१ गते शुक्रबार – ऐच्छिक द्वितीयपत्रका सबै विषयहरू ।
- उज्यालो