तीन हजारलाई रोजगारी

२३ जेठ, मोरङ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएका छन् ।

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ व्यवसायी सङ्घबाटै कामदारको परिचय पत्र लिएका छन् ।

विराटनगरमा सञ्चालित ९ सय साना होटलले कुक, वेटर, सरसफाइ गर्ने मजदुर, सामान आयात गर्ने, भाँडा धुनेदेखि लिएर गीत गाउने र नृत्य गर्नेसम्मको काम गर्ने मजदुरहरु साना होटलमा कार्यरत रहेका छन् ।

होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ विराटनगरका अध्यक्ष बलराम कारञ्जीतका अनुसार तीन हजारमा एक हजारको हाराहारीमा महिला कर्मचारी रहेका छन् । उनीहरुले होटलमै काम गरेर जीवन निर्वाह गर्दै आएका छन् । रासस