काबुल बम हमलामा १२ नेपालीको मृत्यु, ७ घाइते (नाम र ठेगानासहित)

काठमाण्डौ, ६ असार – सोमबार काबुलमा आत्मघाति बम विष्फोटमा परेर ज्यान गुमाउने १२ जना नेपालीहरुको नाम नेपाल सरकार परारष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर मृतक र घाइतेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार १४ जना नेपालीहरु परेको अनुमान गरिए पनि त्यसमा दुईजना भने विदेशी हुनसक्ने आंशका गरिएको समेत बताए ।

पौडेलका अनुसार अन्य ७ जना नेपालीहरु घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न भन्दै नेपाल सरकार अहिले अफगान सरकारसँग सम्पर्कमा रहिरहेको समेत उनले बताए ।

मारिएका व्यक्तिहरुको नाम र ठेगाना

चन्द्र बहादुर रानामगर–काठमाण्डु
अमृतबहादुर थापा– लमजुङ
डम्बरबहादुर तामाङ–नुवाकोट
कृष्णबहादुर ढुंगाना–चितवन
सुकबहादुर गुरुङ–स्याङजा
जितेन्द्रसिंह थापा– बुटवल
मधुसुदन कोइराला– नुवाकोट
वीरबहादुर सुवेदी क्षेत्री– काठमाण्डु
लिलबहादुर गुरुङ–नुवाकोट
नविनबहादुर क्षेत्री– पर्वत
अंकुर तामाङ–सुनसरी
हरिबहादुर बरुवाल क्षेत्री– काठमाण्डु

घाइतेहरुको नाम र ठेगाना

प्रेमबहादुर क्षेत्री–मोरङ
चेतप्रसाद शेरचन–म्याग्दी
कुमारबहादुर गुरुङ–गोरखा
मानबहादुर थापा– चितवन, मुग्लिन
कृष्णबहादुर देउजा–चितवन
अमृत रोकाया क्षेत्री–सुर्खेत
च्याङबा तामाङ– नुवाकोट
- काठमाण्डू टुडे