सभापतिमा हारेका रामचन्द्र पाैडेलदेखि गगन थापासम्म केन्द्रीय सदस्यमा मनाेनित

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ६ जना हरूवा नेतासहित ७ जनालार्इ केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

देउवाले सभापतिमा अाफूसँग प्रतिस्पर्धा गरी हारेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालार्इ केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा, कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई पनि देउवाले मनोनित सदस्य बनाएका छन् ।

यस वाहेक उनले नरहरि आचार्यलाई केन्द्रीय सदस्यमा मनोनय गरे । आचार्य बिरामी भएकालेे चुनावी प्रतिस्पर्धामा भाग लिन पाएका थिएनन् । पार्टी विधानले निर्वाचित सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको छ र देउवाले साेही अधिकार प्रयाेग गरी ७ जनालार्इ केन्द्रीय सदस्य बनाएका हुन् ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई प्रमाण पत्र पनि वितरण गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै सभापति देउवा, नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई एक ढिक्का बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।