माओवादी केन्द्रका केन्द्रिय सदसस्यद्धारा पार्टी छोडेको घोषणा

काठमाडौं । माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्देश पौडेलले पार्टीका सम्पूर्ण जिम्मेवारीहरुबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा बुधबार बिहान एक पोष्ट लेख्दै राजिनामा दिएको घोषणा गरेका हुन् । उनले राजिनामा दिनुको कारणबारे भनेका छन्, –‘ने.क.पा. माओवादी केन्द्र राजनितिक, सागठनिक , कार्ययोजना र कार्यशैली का हिसावले अन्तत संसदवादको वाटोमा नै अगाडि वड्यो । त्यसैले यस पार्टी मार्फद नेपाली जनता को मुक्तिको लागि थप योगदान दिने सम्भवना अन्त्य भएको महशुस गरि आजकै मितीदेखी यो पार्टी छोडेको छु ।’

चितवन स्थायी घर भएका पौडेल एमाओवादीका पुराना केन्द्रिय सदस्य हुन् । पार्टी एकिकरण हुँदा नारायणकाजी श्रेष्ठसँगै एमाअाेवादी भएका पौडेल लामो समयसम्म वाइसिएल नेपालमा रहेर काम गरेका थिए ।