पोर्तुगलमा एक नेपाली युवक चार दिनदेखि सम्पर्कविहीन

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा एक नेपाली युवक चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बिराटनगरका २१ वर्षीय सुरज आचार्य मे ११ तारिख बिहान ११:४५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।   

पाँचथरबाट जारी ०८१९३९९७ नम्बरको राहदानीमा उनको जन्म मिति २५ अक्टुबर १९९५ उल्लेख छ । कृषिमा रोजगारी खोज्न अलेन्तेजो क्षेत्र गएका उनी चिनजानका साथीहरुसँग भिला नोभा दि मिलफोन्तेस स्थित कोठामा बस्दै आएका थिए । 

रोटेर्डम युनिभर्सिटी नेदरल्याण्डमा विद्यार्थीको रुपमा आएका आचार्य बिगत २ महिनादेखि पोर्तुगलमा थिए । पुलिसलाई खबर गरे पनि अहिलेसम्म उनको स्थिति पत्ता लाग्न सकेको छैन ।


आचार्यसँग २०२० डिसेम्बरसम्मको लागि नेदरल्याण्डको भिसा भए पनि सबै डकुमेन्ट बस्ने कोठामा रहेको आचार्यका साथी प्रविन गिरीले बताएका छन् ।