फुटबल खेलाडी विमल घर्तीकी बहिनीकाे हत्या

१३ जेष्ठ, नवलपरासी । नेपालका स्टार स्टाइगर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीमगर गएराति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घर्तीकी आमा काम विशेषले बुटवल गएको बेला उनी घरमा एक्लै रहेकी थिइन् । 

बर्दघाट नगरपालिका ८ भुताहा घर भएकी १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । 

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार उनको घाँटीमा कालो दाग भेटिएको र अन्य विषयमा अनुसन्धान भइरहेको छ । घटनाकाे प्रकृति हेर्दा हत्या भएकाे हुनसक्ने  जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ । 
घटनाकाे थप  विषयमा अनुसन्धान भइरहेको नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

'घाटीमा कालो दाग देखिएको छ,' उनले भने, 'विहानै गाउँलेले जानकारी गराएपछि हामीले घटनाबारे अनुसन्धान सुरू गरेको छु ।'   यतिबेला विमल घर्तीमगर भने बेल्जियममा रहेका छन् ।
- नेपालीपत्र