पोर्तुगलमा शोभा यात्रासहित बुद्ध जयन्ती मनाइयो (फोटो फिचर)

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । लिस्बनमा शोभा यात्रा गरी २५६० औं बुद्ध जयन्ती मनाइएको छ । प्रासा दि कमर्सियोबाट शुरु भई प्रासा दि फ़िगुइरासम्मको यात्रामा सयौ नेपालीलगायत पोर्तुगीसहरुको सहभागी रहेको थियो । 

विभिन्न जनजातिका भेषभूषामा सहभागीहरु वुद्धका उपदेश लेखिएका प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा, बुद्धिष्ट झण्डा, पोर्तुगीस झण्डा, संघ संस्थाका ब्यानर र फूल पटाकाहरु लिएर नाचगान गर्दै वुद्ध नेपालमा जन्मिएको सन्देश दिन खोजेका थिए ।

शोभा यात्राको अन्त्यमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाललगायत संघ संस्थाका प्रतिनिधिहरुले बुद्धको जन्म भुमि नेपाललाई विश्व सामु चिनाउन र बुद्धले प्रतिपादन गरेका ज्ञान सबैलाई अवगत गराउन सबै नेपालीहरुले पहल गर्नुपर्ने कुरालाई जोड दिएका थिए ।

शनिबार सम्पन्न कार्यक्रम बाणिज्यदूतावासको संयोजनमा पोर्तुगलमा रहेका संघसंस्थाहरुले आयोजना गरेका थिए ।    






Photo : Arjun Jaisawal/Ganesh Pandey