कुवेतमा एक नेपालीको सुतैकै ठाउँमा मृत्यु

कुवेत, चैत २३ – कुवेतमा एक नेपालीको सुतकै ठाउँमा ज्यान गएको छ । गएको शनिबार खाना खाएर सुतेका तनहुँका अम्जाद हुसेन आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।

हुसेन कुवेको डिप एण्ड डिप कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । आइबार बिहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउन जाँदा मृत भेटिएका थिए । 

हुसेनको शव स्थानीय आदन अस्पताल लगिएको छ । कानूनी प्रक्रिया पूरा गरेर हुसेनको शव चाँडै नेपाल पठाउने तयारी भएको छ । हुसेनका श्रीमती र एक छोरी छन् । 
- उज्यालो अनलाइन