कलेजको डिग्रीविना संसार हल्लाएका आठ चर्चित व्यक्ति !

हाम्रो समाजमा किताबी शिक्षालाई बढी प्राथमिकता दिने गरिन्छ। तर इतिहासमा संसारका धेरैजसो प्रख्यात मानिसहरुको जीवनलाई हेर्ने हो भने फरक छ। संसारमा बढीजसो चर्चित हस्तीहरुसँग कलेजको डिग्री छैन तर पनि प्रविधिको दुनियाँमा उनीहरु उच्च स्थानमा रहेका छन्।

एप्पलका संस्थापक स्टिब जब्स

१९ वर्षको उमेरमा पढाई छोडेका स्टिब जब्स एप्पलका संस्थापक हुन्। क्यान्सर पिडित समेत रहेका स्टिबले आईफोन देखि आइप्याड सम्म बनाएका छन्।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स

२० वर्षको उमेरमा कलेज छाडेका बिल गेट्स आज दुनियाँका सबैभन्दा धनि व्यक्ति हुन्। यिनकै मिहिनेतको परिणाम आज संसारका कुनैपनि पिसि तथा ल्यापटपमा यो ओएस ब्राण्डको बढी प्रयोग गरिन्छ। 

डेलका संस्थापक मिकाइल डेल

१९ वर्षको उमेरमा पढाई छाडेका मिकाइलले ल्यापटप र पिसिको एउटा विश्वसनिय ब्राण्‍ड बनाउन दिनरात मिहिनेत गरेका थिए।

ट्विटरका संस्थापक इभान विलियम्स 

माइक्रोब्लगिङ साइट ट्विटरका निर्माता इवानले २० वर्षको उमेरमा नै पढाई छाडेका थिए।

ऊबरका संस्थापक ट्र्याबिस कैलानिक 

मात्र २१ वर्षको उमेरमा कलेज छाडेका ट्र्याबिसले आफ्नो युनिक कन्सेप्टबाट अमेरिका, अस्ट्रेलिया र भारतमा ऊबरलाई जबरजस्तरुपमा स्थापित गरेका थिए।

ओरेकलका संस्थापक ल्यारी एलिसन

ओरेकलका संस्थापक ल्यारी एलिसनले २० वर्षको उमेरमा पढाईबाट ध्यान हटाएका थिए। आज उनि अर्बपति बनेका छन्।

ह्वाट्सएपका संस्थापक जेन कोयुम

संसारको चर्चित इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप बनाउनका पछाडी जेनको भुमिका उल्लेखनिय रहेको छ। उनले २१ वर्षको उमेरमा पढाई छाडेका थिए। सन् २०१४ मा उनले १९ अर्ब डलरमा ह्वाट्सएपको अधिग्रहण गरेका थिए।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग 

संसारकै प्रख्यात सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले २० वर्षको उमेरमा पढाई छाडेका थिए।
- बिज्माण्डु डट कम