नाबालक छोरोसहित आमा झुण्डिइन्

बैशाख १४, दमौली। क्यामिन–२ माझफाँटकी एक महिलाले आफ्नो छोरासहित पासो लगाएर आत्महत्या गरेकी छन् ।

विहान करिब साढे १० बजे क्यामिन–२ माझफाँट निवासी २५ वर्षीया रीता थापा र छोरा पाँच वर्षका मिसन थापा घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पति घरमा नभएको बेला दुवैलाइ मृत भेटेपछि छिमेकीको खबरका आधारमा गएको प्रहरी टोलीले शव मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


घटनाका विषयमा अनुसन्धानका लागि मृतक महिलाका पति श्रीप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
- अन्नपूर्ण पोष्ट