कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

चैत्र २४, काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

केही बेरअघि सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार देउवाले प्रतिस्पर्धी रामचन्द्र पौडेललाई ७२ मतको फरकले पराजित गरेका हुन् ।

कुल खसेको २०६ मतमध्ये शेरबहादुर देउवाले १३९ र रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे ।

कुल २०७ मतमध्ये सांसद नरहरि आचार्य विरामी भएका कारण निर्वाचनमा सहभागी भएनन् । पार्टी परित्यागको घोषणा गरेका पर्साबाट नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी पनि निर्वाचनमा सहभागी भए ।

मतदान विद्युतिय मसिनबाट भएको थियो ।
- हिमालखबर