फेसबुकबाट केटालाई ब्ल्याकमेल गरेर यसरी फसाइन् कमलाले

काठमाडौं–सामाजिक संजाल कोहीलाई बाँदरको पुच्छर लौरो न हतियार भएको छ भने कसैलाई विग्रहको बाटो बनेको छ । फेसबुकमा अर्काको आइडी बनाएर विवाह गर्न बोलाउने एउटी महिला प्रहरीको फन्दामा परेका छन् । 

इलाम नयाँबजार घर भई हाल झापा बस्दै आएकी भीमा भनिने कमला भट्टराईले अर्कै युवतीको फेसबुक आइडी बनाएर झापाका युवालाई फसाउनु फसाइन् ।

कमलाले सुम्बेककी राधिका मिश्रको नाममा फेसबुक आइडी बनाएर झापाकै एक युवासँग माया पिरतीका कुरा गर्ने, वालमा राधिकाकै फोटो पोष्ट गर्ने र राधिका नै भएर फोनमा पनि कुरा गर्दै आएकी थिइन् ।

कुरा गर्ने क्रममा एक दिन ती युवालाई विवाह गर्न मन्जुर भएको भन्दै घरमा मगनी गर्न बोलाइन् । फेसबुकमा लागएको फोटो हेर्दा ती युवालाई पनि ठिकै लाग्यो । 

एक जना साथी लिएर सोधखोज गर्दै घरमै पुग्दा भने राधिका र उनका परिवार तीन छक्क परे । उनले फेसबुकमा न कुनै केटासँग च्याट गरेकी नै थिइन् न त फोनबाटै कुरा गरेकी थिइन् ।

त्यसपछि फेसबुक र फोनको भरमा केटीको घरमा पुगेका केटालाई पनि अब कसैले झुक्याएको प्रष्ट पारे । खोजी गर्दै जाँदा सुम्बेक माइत, नयाँबजार घर र हाल झापा बस्दै आउकी दुई सन्तानकी आमा कमलाले फेसबुक आइडी खोलेर केटालाई झुक्याएको थाहा भायो । 

जिल्ला प्रहरी कार्यालयले कमलालाई बोलाएर सोधखोज गर्दा उनले अन्त्यमा स्वीकारिन् । श्रीमान र ससुरा पनि पनि आएर माफी मागेपछि प्रहरीको खोरमा भने बस्न परेन । आइन्दा यस्तो नगर्ने शर्तमा छोडियो । कारबाहीबाट बचिन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।