जहाँ रक्तदान गर्दागर्दै १० जनाले ज्यान गुमाए ...

१३ बैशाख, काठमाडौं : गएको वर्ष वैशाख १२ गते काठमाडौंको पुरानो सांस्कृतिक धरोहर काष्ठमण्डप (मरुसत:) भित्र रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। रक्तदान चलिरहेकै समयमा ठूलो भूकम्प आयो।

रक्तसञ्चार केन्द्रबाट रक्त संकलकहरु ३ जना र ७ जना रक्तदाताले भूकम्पकै कारण ज्यान गुमाए। आइतबार उनीहरु र देशभरी भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा काष्ठमण्डपमा पूजाआजाका साथै स्मृति कार्यक्रम गरिएको छ।

त्यहाँ भूकम्पमा ज्यान गुमाउनेहरु सबैको नाम उल्लेख भएको ब्यानर पनि टाँगिएको छ।

गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.८ रेक्टर स्केलको भूकम्पले देशभरी झण्डै ९ हजार जनाको मृत्यु भएको थियो भने २२ हजार जना घाइते भएका थिए। एक वर्ष पुगेको दिन देशका बिभिन्न ठाउँमा सरकारी र नागरिक स्तरबाट भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना गरिएको छ।

- पहिलो पोष्ट