इन्टरनेटमाथि प्रतिबन्ध लाउने पाँच देश

चैत्र ३०, एजेन्सीः विश्वका विकसित पाँच देशमा फेसबुक, गुगल र इन्टरनेटमा प्रतिबन्ध छ । चीनले आफ्नै गुगल र फेसबुक बनाएर चलाउछ । उत्तर कोरियामा चार प्रतिशतले मात्र इन्टरनेटमाथि पहुँच राख्छन् ।

सिरियामा सरकारविरुद्ध लेख्ने वेबसाइट तत्काल बन्द गरिन्छ ।  इरानामा मानव अधिकारका सम्बन्धमा लेख्ने वेबसाइटमाथि प्रतिबन्ध छ भने साउदी अरबमा मुस्लिम विरोधी वेबसाइट प्रतिबन्धित छन् । 

इन्टरनेटमाथि प्रतिबन्ध लाउने पाँच देश

चीन

चीनमा संसारकै सबैभन्दा बढी इन्टरनेटमा प्रतिबन्ध लगाउने नियम छ । शक्तिमा भएका र पार्टीका उच्च व्यक्तिले इन्टरनेटमा सहजै पहुँच राख्छन् । त्यहाँका सर्वसाधारणले संसारभरका वेबसाइट भिजिट गर्न पाउँदैनन् । 

चीनमा अधिकांश सामाग्री फिल्टर गरेर मात्र हेर्न सकिन्छ । त्यहाको सरकारले गुगल र फेसबुकलाई बन्द गरेको छ । तर, उसले गुगल जस्तै सर्च इन्जिन र फेसबुक जस्तै सामाजिक सञ्जाल बनाएको छ ।

चीनमा ब्लगमा समेत प्रतिबन्ध लगाइएको छ । चीनले तिब्बतीय र ताइवानी स्वतन्त्रा सम्बन्धी क्रियाकलाममा प्रतिबन्ध लगाएको छ । त्यस्तै, इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रताका कुरा र प्रपोगाण्डा गरेर लेख्न पाइदैन  । 

उत्तर कोरिया 

उत्तर कोरियामा कुल जनसंख्याको चार प्रतिशत जनतामात्र इन्टरनेटको पहुँचमा छन् । चार प्रतिशतले चलाउने इन्टरनेटमा समेत ठूलो प्रतिबन्ध छ । इन्टरनेट पहुँचमा भएकाले समेत उनीहरुले चाहे अनुसारका वेबसाइट भिजिट गर्न पाउँदैनन् ।

सबै वेबसाइट उत्तर कोरियाली सरकारको नियन्त्रणमा हुन्छन् । अझ रोचक कुरा त के छ भने उत्तर कोरियामा ब्लग चलाउन अनुमती नै छैन । जहाँ विश्वमै अति लोकप्रिय मानिएको फेसबुक जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ । 

सिरिया 

सिरियामा उत्तर कोरिया र चीन भन्दा अलि फरक प्रतिबन्धको व्यवस्था छ । जहाँ जुन वेबसाइट र ब्लगले सरकारका विरुद्ध लेख्छन् ति तत्काल बन्द हुन्छन् । 

जहाँ साइबर चलाउनेले छुट्टै पहिचानसहितको परिचय पत्र बनाउनु पर्छ । साइबर सञ्चालकले समय तोकेर मात्र चलाउन पाउने व्यवस्था छ । राज्यको नियम र कानुन अनुसार मात्र इन्टरनेटको पहुँचमा रहेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

इरान 

इरानका ब्लगर सरकारी कर्मचारी, धर्म र राजनीति नेतृत्वका विरुद्ध बोल्ने कोशिस गर्छन् । ब्लग चलाउन चाहनेले उसको सांस्कृतिक पहिचान र पूर्ण विवरण रजिस्टर गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । 

सिरियामा सरकारको प्रोपोगाण्डा गर्ने र मानवअधिकारका विषयमा लेख्न वेबसाइटमाथि प्रतिबन्ध लाग्ने गर्छ । सिरियामा सन् २००९ को निर्वाचनताका फेसबुक बन्द गरिएको थियो । 

साउदी अरब 

एक अध्ययनका अनुसार साउदी अरबमा चार लाख बढी वेबसाइट बनेका छन् । साउदीमा मुस्लिम विरोधी वेबसाइट सबै बन्द गरिएको छ । जहाँ प्रोनोग्राफी सम्बन्धी वेबसाइटमा समेत प्रतिबन्ध लगाइएको छ ।
- अन्नपूर्ण पोष्ट