मन्दिरमा आगलागी, १ सय २ जनाको मृत्यु

चैत २८, काठमाडौं । भारतको केरला राज्यको कोल्लमबाट २५ किमि टाढा रहेको पारावुर स्थित एक मन्दिरमा आगो लाग्दा एक सय २ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी  घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताईएको छ ।

आइतबार विहान पारावुरमा रहेको पुत्तिङ्गल देवी मन्दिरमा आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रमको समापनका अवसरमा पटका पट्काउँदा सो आगलागीभएको त्यहाँको स्थानीय प्रहरीले बताएको बिबिसीले बताएको छ ।

आगलागी परि सयभन्दा बढिको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनास्थल तर्फ जान लागेको बताईएको छ ।उनले केन्द्रीय स्वास्थ्य मन्त्रीलाई तत्काल घटनास्थलमा जान निर्देशन दिएका छन् । यस्तै, केरलका मूख्यमन्त्री ओमेन चाँडीलाईघटना परि घाइते भएकाहरुलाई तुरुन्तै हेलिकप्टरमार्फत् उद्धार गर्न निर्देशन दिएको पनि मोदीले ट्विट मार्फत बताएका छन् ।

मोदी सरकारले आगलागीमा परि मृत्यु भएका परिवारलाई दुई लाख र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले बताएको छ ।