युवतीहरु मुस्कुराउदा किन 'हँसी कि फसी' जसरी सोच्छन् पुरुषहरुले ?

हिन्दीमा एउटा उखान छ - हँसी तो फसी । अर्थात् केटी मान्छे हाँस्यो भने पट्टियो भन्ने सोचे हुन्छ । एउटा पछिल्लो अनुसन्धानले पुरुषले आमरुपमा महिलाको मुस्कानयुक्त व्यवहारलाई यही उखानजस्तो गलत रुपमा हेर्ने देखाएको छ ।

डेलिमेलमा प्रकाशित समाचार अनुसार, बाटोमा हिंडदा, या सामान्य कुराकानीमा महिला मुस्कुराएपछि त्यसको गलत अर्थ राख्ने पुरुषको आम मनोविज्ञान रहेको हुन्छ । सामान्यतया पुरुषहरुले महिलाको यौन इच्छालाई गलत तरिकाले व्याख्या गर्ने उक्त अनुसन्धानको निष्कर्श छ । 

विशेषगरी महिला र पुरुषबीच भेटपछि महिलाले चिया खान मानिन या सँगै केही समय बिताइन अथवा अनौपचारिक भएजस्तो हाँसिन, मुस्कुराइन भने पुरुषले उक्त महिला आफूसँग यौन सम्बन्ध राख्न तयार भएको सोच्छन् ।

न्यूर्योकको युनियन कलेजका अनुसन्धानकर्ताहरुले करिब ५ सय पुरुषमाथि अनुनन गरेर यो निष्कर्श निकालेका हुन । अध्ययनमा उनीहरुले सहभागी पुरुषहरुका अगाडि एउटा प्रश्न राखेका थिए– यदि रात्री क्लबमा कुनै आर्कषक र सेक्सी महिलाको नशालु आँखा तपाईंसँग जुध्यो भने तपाईले के सोच्नुहुन्छ ?। पुरुषहरुको मनोदशा बुझ्न यो प्रश्न गरिएको थियो ।

यस्तो अवस्थामा पुरुषले कति चासो देखाउछन् भन्ने बुझ्न यो प्रश्न राखिएको थियो । यो सँगै अन्य प्रश्न पनि थिए जस्तो कुनै महिलाले रात्री क्लबमा तपाईलाई हेरिन्, हेरेर मुस्कुराईन भने तपाईको प्रतिक्रिया के हुन्छ ? तपाईले के गर्नु हुन्छ ? चासो राख्नुहुन्छ या हुन्न ? के सोच्नुहुन्छ ? आदि इत्यादी । 

उक्त अनुसन्धानमा अधिकांश पुरुषहरुले यसरी अपरिचित महिला मुस्कुराईन या हाँसिन भने, अथवा आँखा जुधाईन् भने यौन सम्बन्धसम्मकै लागि राजी भइसकेको सोच्ने गरेको भेटियो ।

‘एक हेराईमै अत्यधिक सामिप्यता वा निकटता महशुस गर्ने सेक्सका लागि आत्तुर हुने र ति महिला पनि आफूसँग यौन सम्पर्क गर्न राजी रहेको गलत आंकलन पुरुषले गर्छन्’ अध्ययन टोलीका नेता तथा प्राध्यापक जोसुअ हार्ट भन्छन् । 

अध्ययनलाई पर्सनालिटी एन्ड इन्डिभिजुयल डिफिरेन्समा प्रकाशित गरिएको छ । महिलालाई पुरुषले भेट्ने वित्तिकै कस्तो बिचार मनमा फुर्राउँछन् र यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अध्ययन गरिएको बताइएको छ ।