कास्की समाज पोर्तुगलको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुन नवीन गिरी

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । कास्की समाज पोर्तुगलको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रले पुन नवीन गिरीलाई अध्यक्षमा चयन गरेको छ ।

नयाँ कार्य समितिका उपाध्यक्षहरुमा कृष्ण गिरी, समिक्षा सापकोटा, श्री गुरुङ र महासचिवमा बेल गुरुङ चयन भएका छन् । त्यसैगरी सचिवत्रयमा तोरण सुबेदी, उपेन्द्र पौडेल र शान्ति पौडेल अधिकारी साथै कोषाध्यक्षमा रेमश आचार्य निर्वाचित भएका छन् ।

सदस्यहरुमा रिगेन्द्र गिरी, दिपेश सुवेदी, दिपा हमाल, रविन परियार, सुदर्शन केसी, शिबप्रसाद अधिकारी, बिक्रम जमरकट्टेल, अर्जुन पौडेल, प्रबिना गुरुङ र बिक्रम गुरुङ रहेका छन् । 

समाजले यसअघि एनआरएनमा काम गरिसकेका कस्केलीहरु रमेशकुमार गुरुङ, सीता बराल, गोविन्द पौडेल, शिवराज पौडेल र भेषराज आचार्यलाई सम्मान गरेको थियो ।

शनिबार अधिवेशनको उद्घाटन सत्रमा मकरबहादुर हमाल, रमेशकुमार गुरुङ, डिलाराम चापागाई, राजन शेरचन, अर्जुन सुनार, सोनाम लामा, तिलक गैरे, गोवीन्द पौडेल, हेमराज सुवेदीलगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा साङ्गीतिक प्रस्तुतिहरु पनि समावेस गरिएका थिए । नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन यज्ञ तिमिल्सिनाले गरेका थिए । कार्यक्रम रुवा पाल्मिरा ४६ मा रहेको कनाइ नजिकैको हलमा सम्पन्न भएको थियो ।