कति पैसा जम्मा गर्‍यो कांग्रेसले मनोनयन दर्ताबाट ?

काठमाडौँ : नेपाली कांग्रेसले उम्मेद्वारी मनोनयनबाट मात्र ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले सभापति पदका लागि २० हजार मनोनयन दर्ता शुल्क राखेको थियो।

तीन जना सभापतिका उम्मेद्वारबाट कांग्रेसले ६० हजार जम्मा गरेको हो। त्यस्तै महामन्त्री र कोषाध्यक्षको उम्मेद्वारका लागि मनोनयन शुल्क १५ हजार तोकिएको थियो। जसबाट कांग्रेसले १ लाख ५ हजार जम्मा गरेको छ।  

त्यसैगरी केन्द्रीय सदस्य पदका लागि ५ हजार ५ सय मनोनयन शुल्क तोकिएकोमा ३ सय ६६ उम्मेद्वारबाट ३ लाख ३५ हजार ५ सय जम्मा गरेको हो।

कांग्रेसले मनोनयन दर्ताबाट मात्रै कूल ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले जथाभावी उम्मेद्वारी दर्ता रोक्न भन्दै शुल्क वृद्धि गरेको हो।
- पहिलो पोस्ट