पोर्तुगलमा अन्तरराष्ट्रिय नारी दिवस मनाइने

नेपाली नारी समाज पोर्तुगलले यही मार्च १२ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने जनाएको छ । समाजले एक प्रेस विज्ञप्तिमार्फत पोर्तुगलवासी सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

नारीले भोग्दै आई रहेका समस्या समाधान साथै आदर्श समाजको परिकल्पना महिला स्वयं जागरुक र सशक्त रुपमा अगाडि नबढी सम्भव छैन । "नारी एकता र नारीको समस्या समाधानमा एक्येबद्धता " भन्ने नाराका साथ नेपाली नारी समाज, पोर्चुगलले यो दिवस हरेक ८ मार्चमा पर्ने भए पनि सबैको कार्य व्यष्टता र समयलाई मध्यनजर गर्दै १२ मार्च २०१६ शनिबारको दिन "महिलाको उन्नति-प्रगतिमा पुरुषको भूमिका" भन्ने विचारगोष्ठी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नारी दिवस पोर्तुगलमा भव्य रुपमा सम्पन्न गर्ने तयारी गरेको छ । 

महिला हक, अधिकार, स्वतन्त्रता प्राप्ति र लैङ्गिक असमानता न्युनिकरणको बारेमा आवाज बुलन्द गर्ने उद्देश्यले स्थापना भएको नेपाली नारी समाज, पोर्चुगलले पनि अन्तर्राष्ट्रिय नारी दिवसको दिन सम्पूर्ण नेपाली नारीहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु गरी मनाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस २०१६ लाई सफल पार्नको लागि सो कार्यक्रममा उपस्थित भईदिन हुन नारी समाज पोर्तुगलवासी सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछ ।

यो समाज विशुद्ध सामाजिक संस्था हो र यसले महिला सम्बन्धित विषय वस्तुलाई प्राथमिकता दिंदै आएको पनि सबैलाई जानकारी गराउन चाहन्छ । यस कार्यक्रमको दिन ईच्छुक महिला दिदीबहिनीहरुले आ-आफ्नो भेषभुषा लगाएर कार्यक्रममा आउन सक्नु हुनेछ । साथै पोर्तुगलमा रहेका विभिन्न राजनैतिक, सामाजिक संघ संस्थाका अध्यक्ष, प्रतिनिधिहरु तथा पत्रकारहरु सबैलाई यो कार्यक्रममा हार्दिक निमन्त्रणा गर्न चाहन्छ र आफ्ना संस्थामा आवद्ध जति पनि महिला दिदीबहिनीहरु हुनुहुन्छ उहाँहरुलाई पनि सो कार्यक्रममा उपस्थित गराउन अहम भूमिका खेल्नु हुनेछ भन्ने पनि नारी समाज अपेक्षा राख्दछ ।  

पोर्तुगलमा रहनु हुने पुरुष महानुभावहरुले पनि आफ्ना दिदीबहिनीलाई यो कार्यक्रमको बारेमा जानकारी गराई कार्यक्रममा सहभागी हुने वातावरण मिलाई दिनु हुन समेत नेपाली नारी समाज पोर्तुगल सबैमा सादर अनुरोध गर्दछ ।

मिति : १२ मार्च २०१६ शनिबार 
स्थान : Rua de Palma Nº 46 (CNAI  नजिकैको )
समय : २:०० बजे