५५ यात्रु रहेको इजिप्ट एयर अपहरणमा

चैत्र १६, काठमाण्डौ । इजिप्टको अलेक्जेन्ड्रियाबाट राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको घरेलु विमान अपहरणमा परेको छ ।

विमानलाई साइप्रसको लारनाकामा अवरण गराइएको साइप्रस ब्रोडकास्टिङ कर्पोरशनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

साइप्रसका अधिकारीहरुले एयरबस– ए ३२० उक्त बिमानमा  विमानमा ५५ यात्रु रहेको बताएका छन् । आत्मघाती बमसहितको बेल्ट बाँधेको एक यात्रुले विमानलाई साइप्रस लैजान भनेपछि विमान साइप्रस लगिएको इजिप्ट एयरले जनाएको छ ।

अपहरणकारीका तर्फबाट अहिलेसम्म कुनै माग नआएको  साइप्रस प्रहरीले जनाएको छ ।

उक्त विमानमा एकजना अपहरणकारी रहेको बताइएको छ । अपहरित विमान अवतरण गरेपछि लारनाका विमानस्थल बन्द गरिएको छ ।
- हिमाल खबर