कांग्रेस केन्द्रीय सदस्य खुलामा देउवाका १४ र पौडेल पक्षका ११

१ चैत, काठमाडौं । कांग्रेसको खुलातर्फ निर्वाचित २५ सदस्यीय केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवा पक्षको बर्चस्व छ । देउवा पक्षका १४ जना र रामचन्द्र पौडेल पक्षका ११ जना छन् ।

देउवा पक्षमा खुमबहादुर खड्का, कुलबहादुर गुरूङ, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदीप गिरी, रमेश लेखक, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत छन् ।

पौडेल पक्षबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्य, डा. रामशरण महत, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, नारायण खड्का, प्रदीप पौडेल, धनराज गुरुङ र बद्री पाण्डे निर्वाचित भएका छन् ।

डा. शेखर कोइरालाले सबैभन्दा बढी मत पाएका छन् ।
- अनलाइनखबर