कुवेतले नेपाली सहित एक हजार भन्दा धेरै अवैधानिक कामदार फर्काउँदै

काठमाडौं, फागुन १९ – अवैधानिक रुपमा बसेका एक हजार ५३ प्रवासी कामदारलाई कुवेत सरकारले फर्काउने भएको छ । गएको मंगलबार जलिव अल सुयुख क्षेत्रमा छापा मार्दा कुवेती प्रहरीले चार हजार १५ जनालाई पक्राउ गरेको थियो । 

ती मध्ये १ हजार ५३ जना अवैधानिक रुपमा बसेको पुष्टि भएको त्यहाँका सञ्चारमाध्यहरुले जनाएका छन् ।

पक्राउ परेकाहरु नेपाल सहित दक्षिण एसिया र खाडी मुलुककै रहेका छन् । गएको महिना पनि कुवेतले खितान क्षेत्रमा छापा मारी एक हजार एक सय ७० जना अवैधानिक कामदार फर्काइसकेको छ । 
- उज्यालो