जुम्ल्याहा बच्चाका बाबु फरक फरक भएको पुष्टी !

२७ फागुन, भियतनाम – भियतनाममा जुम्ल्याहा बच्चाका बाबु फरक फरक रहेको पुष्टी भएको छ । डिएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको स्थानीय आनुवंशिक एशोसिएशनले जनाएको छ ।

जुम्ल्याहा बच्चाको शारीरिक बनोट फरक फरक देखिएपछि परिवारका सदस्यले डिएनए परीक्षण गराएका थिए । डिएनए परीक्षणमा ती जुम्ल्याहा बच्चाको बुबा फरक फरक रहेको खुलेको हो । जुम्ल्याहा बच्चा फरक फरकर बुबाका हुने यस्तो घटनालाई हेटेरोप्याट्रिनल सुपरफुकन्डेशन भनिन्छ । 

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाई छ । महिलाकुनै पनि महिलाले निकै कम समयको बिचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई भिन्दा भिन्दै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुन्छ ।

डिएनए परीक्षण गरेका भियतनाम आनुवंशिक एशोसिएसनका प्राध्यापक लि दिन्ह लिओङले परीक्षणको नतिजा शतप्रतिशत सही भएको बताउनुभयो । यो अति नै दुर्लभ घटना रहेको उहाँको भनाई छ । 

अहिलेसम्म विश्वमा फरक फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् । उहाँले जुम्ल्याहा बच्चाको आमा बुबाको बारेमा केही जानकारी दिन अस्वीकार गर्नुभयो ।

तर स्थानीय सञ्चारमाध्यममा उनीहरुको परिचयका बारेमा आएका जानकारी झुटो भएको उहाँले दाबी गर्नु भयो । स्थानीय सञ्चारमाध्यमले यो महिनाको सुरुदेखि यस विषयमा खबर प्रकाशन तथा प्रशारण गर्दै आएका थिए । 

ती जुम्ल्याहा बच्चा एक अर्कासँग विलकुल समानता छैन । यसअघि सन् २०१० मा टर्कीमा पनि यस्तै घटना सार्वजनिक भएको थियो । 
– एजेन्सीको सहयोगमा उज्यालो अनलाइन