अमेरिकी युवतीको पोखरामा हत्या

पोखरा, भदौ २०। भूकम्पपीडतलाई सहयोग गर्न भन्दै नेपाल आएर झन्डै महिनादिनदेखि बेपत्ता एक अमेरिकी युवतीको हत्या भएको खुलेको छ । 

धिताल ३ घर भइ स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासर्पोट नम्बर ४५१३८३८४७ की डालिया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ । 

गत साउन १९ मा पोखरा आएकी यहीया ३ दिनसम्म पौडेलको पोखरा सिम्पनीस्थित कोठामा बसेकी थिईन् ।

चौथो दिनदेखि उनी सम्पर्कविहिन थिईन् । पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको प्रहरीले अनुमान गरेको छ । 

अनुसन्धानका क्रममा विहीबार पक्राउ परेका पौडेलले जिल्ला प्रहरी कार्यालयबाट हाम फाल्ने प्रयास समेत गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।