बाराको नरहीमा स्वाइनफ्लुको महामारी, एकको मृत्यु एकसय बढी विरामी

१९ भदौ, बारा । बाराको नरही गाविस-६ र ७ स्थित इटहर गाउँमा स्वाइनफ्लुको महामारीबाट १ सय भन्दा बढी विबरामी परेका छन् । 

तीनसातादेखि फैलिएको स्वाइनफ्लुले गाउँका बालबालिका, वृद्धवृद्धा, र गर्भवतीसमेत थला परेका छन् । गाउमा रहेका १ सय ७५ घरधुरीका झण्डै एक सयमा संक्रमण भएको र एउटै परिवारका ११ जनासम्म रोगले थलिएका छन् ।

संक्रमणले एकको मृत्यु भइसकेको बताइएको छ । 

घरैपिच्छे रुघाखोकी र ज्वरोको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाई खबर गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको मेडिकल टेक्नोलोजिष्टको टोलीले गत सोमबार रगत परीक्षण गरपछि बिरामीलाई स्वाइनफ्लु भएको पुष्टी भएको नेपाल समाचारपत्रमा खबर छ ।

१६ जनाको रगत किट र पीसीआर प्रविधिबाट जाँच गर्दा १२ जनामा स्वाइनफ्लुको संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका राष्ट्रिय इन्फ्लुएन्जा फाँट प्रमुख विष्णुप्रसाद उपाध्यायले बताए । 

संक्रमित पीडितहरुमा एचवान एनवान फेला परेको उपाध्यायले बताए ।

प्रयोगशालाका मेडिकल प्राविधिक उदयकुमार यादवले रगतको नमुना परीक्षण गरी सरुवा रोग महाशाखामा पठाइसकिएको बताए ।