चौथो पटक अमेरिकाको भिसा नलागेपछि कोमल ओलीको युरोप टूर

काठमाडौं - तीज मनाउन गायिका कोमल ओली युरोप हानिँदैछिन् । डेनर्माकमा हुने सांगीतिक कार्यक्रममा सहभागि हुन उनी शुक्रबार नियमित उडानबाट प्रस्थान गर्दैछिन् । चौथो पटक अमेरिकाको भिसा नलागेपछि तीज मनाउन उनी सांगीतिक कार्यक्रमसहित युरोप टूर सुरु गर्न लागेकी हुन् ।

आगामी आईतबार डेनर्माकबाट सुरु हुने सांगीतिक कार्यक्रमको आयोजना एनआएनएले गर्दैछ । उनी फिनल्यान्ड, नर्वे, नेदरल्यान्ड, जर्मनी , स्वीडेन, बेल्जियम र फ्रान्स लगायत देशमा आयोजना हुने तीज कार्यक्रममा सहभागि हुनेछिन् ।

'यसपटकको युरोप टूरमा विदेशमा रहनुभएका महिला दिदीबहिनीहरुसँग तीज मनाउदैछु । गत वैशाख १२ को भूकम्पले गर्दा नेपालमा जनजीवन सामान्य भइसकेको छैन् । सांगीतिक कार्यक्रममा मेरा नयाँ पुराना गीतहरु सुनाउनेछु,'उनले भनिन्।

यसवर्ष उनले एल्बम भने सार्वजनिक गरेकी छैनन् । भूकम्पपछि उनी नेपालमा विभिन्न स्थानमा म्युजिक थेरापी संञ्चालन गरेकी थिइन् । सन् २०११ मा युरोप टूर गरेपछि यो उनको चौथो युरो भ्रमण हो।

उनको 'बाझो खेतमा', 'राप्तिको झरना', 'ममकिरी जुनकिरी', 'चरिचुच्चे च', 'तरुनी', 'बिहे भा छैन्' , 'पोइला जान पाम' र 'माया बस्यो जिरी बजारमा' लगायत एल्बमहरु सार्वजनिक भइसकेका छन्।
- नागरिक