शिक्षकले कुटेर कानको जाली नै फुटाइदिए

६ भदाै, काठमाडाै । शिक्षकको कुटाइबाट भक्तपुरका एक विद्यार्थीको कानको जाली नै फुटेको छ ।

ज्ञान र शिक्षा दिने शिक्षकले अस्पतालमा गएर उपचार गर्नुपर्ने गरी भक्तपुरको एक विद्यार्थीलाई कुटेको तथ्य सार्वजनिक भएको हो ।

भक्तपुरको कमलबिनायकस्थित जेन्यूयन सेकेण्डरी कम्युटर शिक्षक निरञ्जन श्रेष्ठको कुट्दा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय एरिकप्रताप थापाको कानको जाली फुटेको नेपाल समाचारपत्रमा खबर छ ।

अक्षर राम्रो बनाउन र छिटो लेख्न भन्दै टाउकोमा टुटुल्को आउनेगरी कुटेको एरिकले बताए ।