'गृहमन्त्रीले तुरन्तै नेपाली जनतासँग माफ माग र राजिनामा देऊ'

Nepali American Solidarity Front for Democracy in Nepal
Head Quarter, New York
Estd. 2014
आदरणीय पत्रकार मित्रहरु,
अभिवादन !
प्रेस विज्ञप्ति
संयुक्त मधेसी मोर्चाले आयोजना गरेको मधेस बन्दको क्रममा हिजो मंगलबार विहान सप्तरी भारदहमा प्रदर्शनकारीमाथि प्रहरीले जथाभाबी गोलि चलाउदा भारदह निवासी ३५ बर्षीय राजीव राउतको मृत्यु हुन पुगेकोमा नेपाल सरकारले देखाएको दमनकारी भूमिकाप्रति अमेरिकामा अवस्थित Nepali American Solidarity Front for Democracy in Nepal मोर्चाको गम्भीर ध्यानकर्षण भएको र नेपाल सरकारले प्रदर्शनकारीमाथि पंचायतकालिन शैलीमा दमन गर्न खोजेकोमा हामी प्रवासबाट यसको घोर निन्दा र भत्स्रना गर्दछौ ! प्रदर्शनकारीमाथि जथाभाबी दमन गर्न निर्देशन दिने नेपाल सरकारको गृहमन्त्रीले तुरन्तै नेपाली जनतासँग माफ माग्नु पर्ने र पदबाट राजिनामा गर्नु पर्ने माग मोर्चाको छ ! आफ्नै नागरिकमाथि सरकारको बर्बर दमनले लोकतन्त्रको खिल्ली उडाएको र नेपालीहरुको शिर विश्वसामु झुकाएको हाम्रो ठहर छ ! घटनाका मृतक राजीव राउतको परिवारलाई सरकारले कुनै बिलम्ब नगरी क्षतिपुर्ति दिनुपर्ने माग राख्दै निजको परिवारलाई मोर्चाकोतर्फबाट सह-संयोजक सतेन्द्र साहले रु. १ लाख सहयोग उपलब्ध गराउने जानकारी गराउछौ ! साथै, आगामी दिनमा यस्ता अक्षम्य घटना हुन नदिन सरकारलाई खबरदारी समेत गराउन चाहन्छौ !

लुईसाङ वाईवा

संयोजक मिति: अगष्ट १९, २०१५