‘न्यायाधीश बमलाई मारेकोमा पश्चाताप लागिरहेको छ…’

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सञ्जय स्माइली मगरलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले साउदी अरबबाट पक्रेर काठमाडौं ल्याएको छ ।

भगवान भनिने स्माइली न्यायाधीश हत्यामा सुटरको भूमिका थिए । तर, उनी पैसा लिएर नभई राजनीतिक लाभका लागि हत्यामा संलग्न भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

चुरे भावर पार्टी कब्जा गर्ने र मन्त्री हुने लक्षमा अदालतका कारण ठेस पुग्ने गरी फैसला आएपछि पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले बमको हत्याको योजना बनाएका थिए । 

‘स्माइली राजनीतिक रुपमा घटनामा संलग्न भएको पाइयो’ सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले भने- ‘बाबुले आफू अध्यक्ष भएपछि स्माइलीलाई उपाध्यक्ष बनाउने बताएका रहेछन् ।’
- अनलाइनखबर