कैलालीमा सेना परिचालन गरी गरिएको पाशविक ज्यादती तत्काल बन्द गर : पद्मरत्न तुलाधर

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका अध्यक्ष पद्यरत्न तुलाधरले टिकापुरलगायत देशका विभिन्न भागमा गरिएको सेना परिचालन अविलम्ब बन्द गर्नुपर्ने ‘जोडदार’ माग गरेका छन् ।

जातीय पहिचानको आधारमा थरुहट स्वायत्त प्रदेशको माग राखी एक महिनादेखि जारी थरुहट आन्दोलनप्रति जोडदार समर्थन गर्दै भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ८ प्रहरी र ३ जना आन्दोलनकारी थारुहरुको ज्यान जानेगरी भएको दुःखद घटनाप्रति आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले गम्भीर दुःख प्रकट गरेको छ ।

विज्ञप्ति जारी गर्दै तुलाधरले यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन सरकारले समयमै सचेतना अपनाउन आग्रह गरेका छन् ।

तर सरकारले आन्दोलन दबाउने बहानामा सरकारले कैलालीको टिकापुरमा सेना परिचालन गरी मानवअधिकारको न्युनत्तम मापदण्ड विपरीत सर्वसाधारण थारुहरुको घरबास खानतलास गरी आगजनी गर्ने, निजी सम्पत्ति लुट्ने तथा नष्ट गर्ने, थारुहरुमाथि दमन र ज्यादती गर्ने तथा सर्वसाधारण थारुहरुलाई पाशविक यातना दिने जस्ता जघन्य आपराधिक कार्य गरिरहेकोमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले घोर भर्त्सना गरेको छ ।

कैलालीको दुःखद घटनाको मुख्य कारण चार राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थअनुसार बिनाआधार ७ प्रदेशको सीमाकंन गर्नु हो भन्दै भनिएको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुका यस्ता गैरसंवैधानिक र गैरराजनीतिक कार्यले आज देशभरिकै आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, खस तथा अन्य उत्पीडित, उपेक्षित जाति, समुदाय र क्षेत्र लिङ्ग आन्दोलित छन् ।’
- इसमाता डट कम