डिभी-पिआर धारीलाई जागिरभन्दा पिआर प्यारो, ६० भन्दा बढी कर्मचारीको राजीनामा

५ भदौ, काठमाडौं । डिभी-पिआर र ग्रिनकार्ड त्याग नगर्ने कर्मचारी बर्खास्तमा पर्ने दिन नजिकिँदै गर्दा जागिरबाट राजीनामा दिने कर्मचारीको संख्या बढ्दै जान थालेको छ ।

सरकारले डिभी-पिआर र ग्रिनकार्डहोल्डर कर्मचारीलाई बर्खास्त गर्न निजामति सेवा ऐनको चौथो संशोधन गरी कानुन कार्यान्वयनमा ल्याएपछि राजीनामा दिने क्रम बढेको नयाँ पत्रिकामा खबर छ ।

त्यससम्बन्धी कानुन २९ असारदेखि कार्यान्वयनमा आएको छ । सरकारले डिभी-पीआर कर्मचारीलाई दुई मध्ये एक त्याग गर्न ६० दिनको समय दिइएको छ । ऐन कार्यान्वयनमा आएको ६० दिनभित्र कर्मचारीले दुईमध्ये एक त्याग गर्नुपर्ने छ । यो अवधि सकिन अब २५ दिन बाँकी छ ।

एक महिनाको अवधिमा डिभी-पिआर भएका ६० भन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् ।