प्रहरीले माग्यो एक लाख सेल अश्रुग्यास र २० हजार लाठी

६ भदौ, काठमाडौ । नेपाल प्रहरीले १ लाख सेल अश्रुग्यास र २० हजार लाठी खरिद गर्न प्रस्ताव गरेको छ ।

आफ्ना माग पुरा गराउन बिभिन्न राजनितिक दल जातिय/ क्षेत्रीय संघ संस्थाहरु आन्दोलन र तोडफोडमा उत्रिएपछि प्रहरी प्रधान कार्यालयले भिड दंगा नियन्त्रणका लागि करिव ३५ करोड बराबरको दंगा नियन्त्रण उपकरण मागेको हो ।

आन्दोलन नियन्त्रण बाहिर जाने स्थितिमा प्रहरीले प्रदर्शनकारी तितरबितर पार्न अश्रुग्यास प्रहार गर्छ । एउटा अश्रुग्यासको मूल्य २० देखि ३५ अमेरिकी डलर सम्म पर्छ, यो करिब २१ सयदेखि ३७ सय रुपैयाँ हो, कारोबार दैनिकमा खबर छ ।

भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्ने एउटा बेतको लाठीको मूल्य तीनदेखि चार सय रुपैयाँ पर्छ । प्रहरीले लाठी भारतबाट खरिद गर्दै आएको छ ।