अनैतिक व्यवहारपछि ४० वर्षीय काका र १७ वर्षीया भतिजीद्वारा रुखमा झुण्डिएर आत्महत्या

गुल्मीको पिपलधारा गाविसमा नातामा काका र भतिजी पर्ने अधवैंशे पुरुष र किशोरी एउटै रुखमा मृत अवस्थामा फेला परेका छन् ।   

काका बेल बहादुर मुखिया र नजिकको नाताले भतिजी पर्ने १७ वर्षीया सीता मुखिया पिपलधारा ८ मा रहेको खन्युको रुखको फेदमा रुखमा झुण्डिएको पाइएको हो । 

काका फेदमा मृत अवस्थामा पाइनु र भतिजी रुखमा झुण्डिएको भेटिनुले घटना रहस्यमय भएको छ । घटनाका बारेमा थाहा पाएपछि घटनास्थल पुगेका प्रहरी निरीक्षक रामप्रसाद पौड्यालले मृतक दुवै एउटै रुखमा फेलापरेका र नातामा काका–भतिजी रहेका स्थानीय वासिन्दाले बताएका उल्लेख गरे । 

यस विषयमा गुल्मी जिल्ला प्रहरी कार्यालयका डिएसपी हिमालय श्रेष्ठले घटनास्थलमै पुगेर अनुसन्धान प्रक्रिया शुरु भएको र मृतकका शरीर ल्याउन लागिएको धमाकासँगको कुराकानीमा बताए । 

स्मरण रहोस् गुल्मी अत्यधिक आत्महत्या हुने जिल्लाहरु मध्येमा पर्दछ । रुखमा यसरि झुन्डिएको अवस्थामा फेला परे ।